पुरुष, महिला म्याराथन दुबैमा नेपाल पाचौं

सन्देश श्रेष्ठ
भारत, गुवाहाटी, २९ माघ/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको पुरुष तथा महिला दुबै म्याराथनमा नेपाल पाचौं भएको छ ।
गुवाहाटीमा आज भएको दौडमा नेपालका भुमीराज राई पाचौं भए । उनले निर्धारित दुरी २ घण्टा ३२ मिनेट २१ सेकेण्डमा पार गर्दै पाचौं भएका हुन् । त्यस्तै, नेपालकै खिमबहादुर खत्रीले २ घण्टा ३९ मिनेट ५६ सेकेण्डमा पार गर्दै छैटौं भए ।

सो स्पर्धामा भारतका नितेन्दर सिंह राउतले २ घण्टा १५ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जिते । श्रीलंकाका इन्द्रजित कुर्रेले २ घण्टा १५ मिनेट १९ सेकेण्डमा सो दुरी पार गर्दै रजत र भारतकै खेठारामले २ घण्टा २१ ीमनेट १४ सेकेण्डमा उक्त दुरी पार गर्दै काश्य जिते ।

यसैबीच, महिला म्याराथनमा नेपालकी स्वरुपा खड्का पाचौं भएकी हन् । उनले निर्धारित दुरी ३ घण्टा १२ मिनेट ०१ सेकेण्डमा पुरा गरिन् ।

सो प्रतिष्पर्धामा भारतकी कविता राउतले २ घण्टा ३८ मिनेट ३८ सेकेण्डमा उक्त दुरी पार गर्दै स्वर्ण जितिन् । त्यस्तै श्रीलंकाकी एनजे राजासेकाराले २ घण्टा ५० मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै रजत र श्रीलंकाकै अनुराधीले २ घण्टा ५२ मिनेट १५ सेकेण्डमा उक्त दुरी पार गर्दै काश्य पदक जितिन् ।

कमेन्टहरु
Loading...