नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले ब्राजिली स्टार नेयमारका लागि दुई स्पेनिस क्लबले राखेको प्रस्ताव अस्विकार गरेको छ । नेयमार भित्राउन स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले राखेको प्रस्तावलाई पीएसजीले अस्विकार गरेको हो ।

नेयमारका लागि पुर्व क्लब बार्सिलोनाले सय मिलियन युरोसंगै फिलिप कौटिन्होलाई प्रस्तावमा राखेको थियो । यस्तै इभान राकिटिकलाई समेत नेयमारको बिषयमा सम्झौता गर्न सकिने बताएको थियो । यता रियल मड्रिडले ग्यारेथ वेल र जेम्स रोड्रिग्वेजसंगै बाँकी मुल्य नेयमारका लागि तिर्न सकिने प्रस्ताव राखेको थियो ।

पीएसजीले भिनिसियस जुनियरको बिषयमा रियलसंग प्रश्न गरेको थियो । तर रियलले नेयमार ल्याउने बिषयमा भिनिसियसको नाम समावेश गरेन । दुवै क्लबको प्रस्तावलाई पीएसजीले अस्विकार गरेको छ । तर पीएसजी नेयमारलाई रियलमा बेच्न चाहेको छ ।

नेयमार क्लब फुटबलको सर्वाधिक महङ्गो खेलाडीको रुपमा गत सन् २०१७ मा पीएसजी गएका थिए । उनले पछिल्ला दुई सिजन ३४ गोल गरेका थिए ।

कमेन्टहरु
Loading...