नेपालले महिला फुटबलमा माल्दिभ्सलाई हरायो, सावित्रीको किर्तिमान

पोखरा, १९ मंसिर / स्ट्राईकर सावित्री भण्डारीले अन्तराष्ट्रिय गोलको किर्तिमानी बनाउदै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा बिहीबार माल्दिभ्सलाई ३–० गोलले पराजित गरेको छ । भण्डारीले माल्दिभ्स विरुद्ध ह्याट्रिक गर्दै अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सर्वाधिक गोल गर्ने किर्तिमानी नाममा लेखाईन् ।

सावित्रीको अन्तराष्ट्रिय गोल संख्या ३८ पुगेको छ । यस अघि अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा नेपाली महिला फुटबलकी पुर्व कप्तान अनु लामाको नाममा थियो । उनले सबैखाले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालका लागि ३५ गोल गरेकी थिईन् ।

कमजोर प्रतिस्पर्धीको रुपमा मानिएको माल्दिभ्स विरुद्ध नेपालले पहिलो गोलको खाता भने १६ औं मिनेटमा गर्यो । अनिता बस्नेतको क्रसबलमा भण्डारीले सेकेण्ड बारमा च्याप्दै गोलपछि अग्रता लिने मात्रै नभई अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा आफुलाई उभ्याईन् ।

दोस्रो गोल २० औं गरेपछि किर्तिमानी अझ बलियो बनाईन् । तेस्रो गोल भने उनले अतिरित्त समयमा गर्दै ह्याट्रिक पुरा गरिन् । उनले ९० प्लस २ मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् ।

माल्दिभ्सले केही महत्वपूर्ण अवसरलाई समेत गोल गर्न चुक्दा नेपालले फराकिलो अन्तर बनाउन सकेन् । नियमित कप्तान निरु थापाकोे स्थानमा रेनुका नगरकोटीले कप्तानको जिम्मेवारी सम्हालेकी थिईन् । अब नेपालले लिगको अन्तिम खेल भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

कमेन्टहरु
Loading...