ट्रायथोलनकी नेपालकी सोनीलाई स्वर्ण पदक

पोखरा, १६ मंसिर / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार पोखरामा भएको महिला ट्रायथोलनमा नेपालले स्वर्ण पदक जितेको छ भने पुरुष तर्फ कास्य पदक जित्न सफल भएको छ ।

नेपालका लागि सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएइन भने पुरुष तर्फ नेपालका लागि नितेश मानन्धरले काष्य पदक जित्न सफल भए । पुरुष तर्फको स्वर्ण पदक भने भारतले जितेको छ ।

पुरुष तर्फ भारतका आदर्शमान सिनामोलले स्वर्ण पदक जिते । रजत पदक पनि भारतकै अर्का खेलाडी विश्वजीत सकिमको हात पारे ।

ट्रायथोलन महिलातर्फ भारतले रजत र कास्य पदक हात पारेको छ । भारतीय खेलाडी प्रग्न्या मोहनले रजत पदक हात पारिन् भने सरोजानी देवीले कास्य पदक हात पारिन् ।

गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले फेवातालमा ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए ।

कमेन्टहरु
Loading...