ट्रायथलनमा सोनीले नेपाललाई दिलाईन् स्वर्ण

पोखरा, १६ मंसिर/ १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमवार भएको ट्रायथलन अन्तरगत महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् । यो सँगै सागमा नेपालले ट्रायथलनका लागि पहिले स्वर्ण जितेको हो । पुरुष तर्फ भने भारतका आदर्श एम. एन. सिनामोलले स्वर्ण पदक जितका छन् ।

महिलातर्फको सोनीले निर्धारित दुरी १ घण्टा १३ मिनेट ४५ सेकेण्डमा पार गरेकी थिईन्भने पुरुष तर्फका भारतका आदर्शले १ घण्टा २ मिनेट ३१ सेकेण्डमा दुरी पार गरेका हुन् । त्यसैगरि पुरुषतर्फकै निर्धारित दुरी १ घण्टा २ मिनेट ५९ सेकेण्डमा पार गर्दै विस्वरजित साईखोमले भारतलाई रजत पदक हासिल गर्न सफल भएका छन्भने नेपालका लागि बसन्त थारुले १ घण्टा ३ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै कास्य प्राप्त गरेका छन् ।

त्यसैगरि महिलातर्फ रजत र कास्य दुवै भारतले हात पारेको छ । निर्धारित दुरी १ घण्टा १४ मिनेटमा पार गर्दै भारतकी सारोजिनी देवी थाउदमले रजत र १ घण्टा १४ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै भारतकै प्रगन्या मोहनले कास्य जित्न सफल भएकी हुन् ।

स्वर्ण जितेपनि दुरी पुरा गर्ने समयमा अझ राम्रो नतिजा निकाल्न नसकेको नेपालका लागि ट्रायथलनका मुख्य प्रशिक्षक युवराज सिलवाल बताउँछन् । उनी भन्छन्– ‘भारत हाम्रो मुख्य प्रतिद्वदी रहेको छ । हामीेले महिलातर्फ २ स्वर्ण र मिक्स रिलेमा १ स्वर्ण हामीले प्राप्त गर्ने गरि प्रशिक्षण गराएका छौं । पुरुषमा केही कमजोर देखिएपनि द्वाथलनमा स्वर्णको आशा गरेका छौं । पुरुषतर्फ रजत जित्नेमा हामी ढुक्क छौं ।’

सोमबार १३औं साग अन्तरगत ट्रायथलन विधामा पुरुष र महिलाको दुई खेल भएको थियो । जसमा दुवै तर्फ ७ सय ५० मिटर दुरीको पौडी, २० किलोमिटरको साईकिलिङ र ५ किलिमिटरको दौडको दुरी तय गरिएको थियो ।

३ दिनसम्म चल्ने ट्रायथलन पुरुष र महिला दुवै विधामा हुने प्रतियोगितामा अन्र्तगत नेपाल, भारत र श्रीलका गरि तिन देशका २६ खेलाडीको सहभागिता रहेको छ । मंगलबार पुरुष र महिलातर्फको स्प्रिन्ट विधाको दुवाथलन र बुधबार मिक्स रिले ट्रायथलन हुने भएको छ । दुवाथलनका लागि ५ किलोमिटर दौड, २० किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।

त्यसैगरि मिक्स रिले ट्रायथलनका लागि ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ । दोश्रो पटक सहभागि बनेको नेपालले यस अघिको १२औं सागमा मिक्स टिम रिले तर्फ १ रजत र महिला स्प्रिन्ट विधामा १ कास्य प्राप्त गरेको थियो ।

कमेन्टहरु
Loading...