जाउलाखेल आर्दश कपको सेमिफाइनलमा

 

पोखरा २३, भदौ/काठमाण्डौंको जाउलाखेल युथ क्लव लेखनाथको भण्डारढिक सैनिक बस्तीमा जारी रिद्धिसिद्धि

सिमेन्ट २४ औं आर्दश कप फुटवल प्रतियोगिता २०७५ को सेमिफाईनलमा प्रबेस गरेको छ । आज (शनिबार)

भएको अन्तिम क्वाटरफाईनल खेलमा जाउलाखेलले एन्फा बाग्लुङलाई २–० को गोल अन्तरले पराजित गर्दै

अन्तिम चारमा स्थान बनाएको हो ।

जाउलाखेलको जितमा म्यान अफ दी म्याच घोषित निर बहादुर आले मगर र सुमन डंगोलले एक एक गोलको

योगदान दिए । मगरले खेलको १४ औं मिनेट र डंगोलले ८० औैं मिनेटमा गोल गरेका हुन। बागलुङका स्थानिय

खेलाडीको टोलीले लिगको तयारीमा रहेको जाउलाखेल बिरुद्ध मैदानमा उत्र्रिन कठिन भयो । जाउलाखेलले

दोश्रो सेमिफाईनल खेलमा एन्फा स्याङजासंग प्रतिष्प्रर्धा गर्ने भएको छ ।

बागलुङका प्रशिक्षक भिम वोहराले आफुहरुसंग स्थानीय खेलाडी भएकोले अनुभवी खेलाडी बिरुद्ध आफुहरुले

सन्तोसजनक खेल प्रर्दशन गरेको जनाए । जाउलाखेलका प्रशिक्षक नरेस थापाले आफुहरुका खेलाडीहरुले

पाएका धेरै अवसर खेर जादा गोल अन्तर फराकिलो पार्ने अवसर गुमेको बताए । लिगमा सहभागि हुने करिब ५०

प्रतिशत जसो खेलाडीहरु आफ्नो टिममा भएकोले जित सहज भएको उनले दाबी गरे ।

भोलि (आईतबार) देखि सेमिफाईनलका खेलहरु सुरु हुने भएको आदर्श क्लबले जनाएको छ । आइृतबार

आयोजक आर्दश क्लव बिरुद्ध विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ बिरुद्ध प्रतिष्प्रर्धा हुने भएको छ ।

 

कमेन्टहरु
Loading...