च्याम्पियन्स लिगको राउन्ड १६ को ड्र सार्वजनिक : कसको भिडन्त कोसँग ?

काठमाडौं, पुस २
युरोपियन च्याम्पियन्स लिग फुटबअन्तर्गत अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । नेपाली समयअनुसार आज साँझ स्ववीट्जरल्यान्डको नियोनस्थित युइएफएको केन्द्रीय कार्यालयमा प्रतियोगिताको नकआउट चरणको ड्र सार्वजनिक भएको हो ।

सार्वजनिक ड्रअनुसार युरोपका केही ठूला टिमले कठिन प्रतिस्पर्धी पाएका छन् भने केहीले कमजोर टोली प्रतिस्पर्धी पाएका छन् ।

स्पेनिस एथ्लेटिको मड्रिड र इटालियन युभेन्टस अन्तिम १६ मै भिड्ने भएका छन् । त्यस्तै, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेनच क्लब पिएसजीको भेट पनि अन्तिम १६ मै भएको छ ।

अन्य खेलमा इंग्लिस क्लब टोटनह्यामले जर्मन क्लब बोरुसिया डर्टमुन्ड प्रतिस्पर्धी पाउँदा अर्को खेलमा इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब बार्यन म्युनिख खेल्ने भएका छन् । साबिक विजेता रियल मिड्रडले भने अजाक्स प्रतिस्पर्धी पाएको छ । स्पेनको अर्को टिम बार्सिलोनाले प्रेन्च क्लब लियोन प्रतिस्पर्धी पाएको छ ।

कसको भिडन्त कोसँग ?

शाल्के भर्सेस म्यानचेस्टर सिटी

एथ्लेटिको मड्रिड भर्सेस युभेन्टस

म्यानचेस्टर युनाइटेड भर्सेस पिएसजी

टोटनह्याम भर्सेस बोरुसिया डर्टमुन्ड

लियोन भर्सेस बार्सिलोना

रोमा भर्सेस पोर्टो

अजाक्स भर्सेस रियल मड्रिड

लिभरपुल भर्सेस बार्यन म्युनिख

कमेन्टहरु
Loading...