एभरेस्ट प्रेमियर लिग : काठमाडौ किङ्स संगको खेलमा पोखरा राइनोज ६ विकेटले विजयी

७ पुष/ एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौं किङ्स ११ लाई ६ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न पहिलो खेलमा  काठमाडौं किङ्स ११ ले दिएको ९९ रनको सामान्य लक्ष्य पोखरा राइनोजलले १८.२ ओभरमा ४ विकेट गुमाइ पुरा गर्‍यो।

पोखरा राइनोजलाई विजय दिलाउन इसरुल्लाहले अविजित ४५ रन बनाए । उनले ४८ बलमा ३ चौका र २ छक्का सहित ४५ रन बनाए।

कमेन्टहरु
Loading...