आर्चरीको कम्पाउण्ड मिक्स टिम तर्फ नेपाल फाइनलमा

पोखरा, २२ मंसिर / १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा भएको आर्चरी खेलमा नेपालले कम्तिमा एक रजत पदक जित्ने पक्का भएको छ । १० वटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिष्प्रर्धामा नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ फाइनलमा प्रबेस गरेसंगै रजत पदक पक्का गरेको हो ।

त्यसै गरी ५ वटा विभिन्न इभेण्टमा कास्य पदकको लागि नेपालले भोलि (आइतबार) प्रतिष्प्रर्धा गर्ने भएको छ । कम्पाउण्ड मिक्स टिममा नेपालले बंगलादेशसंग सामना गर्ने भएको छ । नेपालले श्रीलंकालाई १ सय ३७ अंकका बिरुद्ध १ सय ४३ अंक ल्याउदा सेमिफाइनलमा स्थान बनाएको हो । उक्त इभेण्टमा भुटान सहभागि नभए पछि बंगलादेश भने सिधै वाई पाएर फाइनलमा यात्रा बनाएको हो ।

नेपाली टिममा इमायुङग् राई र शान्तह् मल्ल रहेका छन् भने श्रीलंकामा एन्थन पोला सेन्जेवा र थाक्सिला दमाएन्ती रहेका थिए । त्यसै गरी बंगलादेशका सुस्मिता बनिक र एमडी सोहिल राना कम्पाउण्ड मिक्स टिममा रहेकाछन्। उक्त इभेण्टमा भुटान सहभागि नहुदा श्रीलंकाले सहजै कास्य पदक हात पार्न सफल भयो ।

त्यसै गरी नेपाल रिकर्भ पुरुष तर्फको इभेण्टमा कास्य पदकको लागि भुटानसंग प्रतिष्प्रर्धा गर्ने भएको छ । नेपाली टिममा तिकल पुन मगर, रोसन नगरकोटी र अशिम शेरचन रहेकाछन्। उक्त बिधाको स्वर्ण पदकाको लागि बंगलादेश र श्रीलंका बिच खेल हुने भएको छ । बंगलादेशको टिममा विश्व कै नम्बर १० भित्र पर्ने तथा ओलम्पिकमा छनौट समेत भएका साना एमडी रुमन, इस्लिाम महमत तामीमुल र रुवेल महमत हकिम अहमत सहभागि भएकाछन्। श्रीलंकाको टिममा भने दल पटादु रभिन कभिसा, डे शिल्वा महमदाच्चि सजिभ र हेरथ पिया सेनागे सन्दुन कुमारा सहभागि भएकाछन्।

रिकर्भ महिला तर्फको टिममा पनि नेपालले कास्य पदकको लागि भुटान बिच खेल हुने भएको छ । नेपालको टिममा ज्ञानु अवाले, मित्र राई र आयुसा तामाङ रहेकाछन भने भुटानको टिममा ओलम्पिकमा छनौट भएकी खेलाडी कर्मा, डेकि सुनाम र डेमा सोनाम रहेकाछन्। उक्त बिधाको स्वर्ण पदकको लागि बंगलादेशका खातुन एमएसटी इटिवाई, मोनेरा महनाज अक्तेर र रे व्यूटि रहेकाछन भने श्रीलंकाको टिममा शिल्भा थिसारी मधुसिका, तयावल्लि रिहाना र वाक दुगे मल्सा दिल्हानी रहेकाछन्।

रिकर्भ मिक्स टिम तर्फ पनि नेपालले कास्य पदकको लागि प्रतिष्प्रर्धा गर्ने भएको हो । नेपाली टिममा आइषा तामाङ, रोशन नगरकोटी श्रीलंकाको तर्फबाट डे सिल्भा महमदाच्चि सजिव र तयावल्लि रिहाना रहेकाछन्। उक्त बिधकाको स्वर्ण पदकको लागि बंगलादेशका खातुन एमएस्टी इटीवाई, साना एमडी रुमन संग भुटानका देमासोनाम र छिरिङ किन्ले बिच फाइनल खेलमा प्रतिष्प्रर्ध हुने भएको छ ।

त्यस्तै कम्माउण्ड पुरुष तर्फको खेलमा नेपालले कास्य पदकको लागि श्रीलंकासंग सामना गर्ने भएको छ । नेपालको टिममा मिन प्रसाद गौचन, सन्त मल्ल र योगेन्द्र शेरचन रहेकाछन्। श्रीलंकाको टिममा अथन पोला संजिव वसन्त कुमार, पेरेरा कुरुकुला एराच्चिङगे उदय आइएनडी र विरासिंघे कनिस्कार गाएन रहेकाछन्। उक्त बिधाको स्वर्ण पदकको लागि बंगला देश र भुटान बिच खेल हुने भएको हो ।

बंगलादेशको टिममा असिकुज्जमान महमद, दास असिम कुमार र राना एमडी सोहेल रहेकाछन्। भुटानको टिममा वाङग्डि फुन्टशो, दोर्जी ताण्डिङ र सेराव कर्मा रहेकाछन्। त्यसै गरी नेपालले कम्पाउण्ड महिला तर्फ कास्य पदक हात पार्न सफल भएको छ । उक्त इभेन्टमा भुटान सहभागि नभए पछि नेपालले सिधै वाई पाएर कास्य पदक हात पार्न सफल भएको हो ।

नेपालको टिममा मोनिका राना मगर, मन्जु बजगाई र इमायुङ राई रहेकाछन्। उत्तः बिधाको स्वर्ण पदकको लागि बंगलादेश र श्रीलंका भिड्ने भएकाछन्। बंगलादेशको टिममा वानिक सुस्मिता, विश्वास सुमा र रे समोलि रहेकाछन भने श्रीलंकाको टिममा करुनारन्ते अनुराधा, सालिका हर्सानि र थाक्सिला दमयान्थि रहेकाछन्।

एकल कम्पाउण्ड पुरुष तर्फ स्वर्ण पदकको लागि भुटानका दोर्जी ताण्दिन र बंगलादेशका राना एम डी सोहेल बिच प्रतिष्प्रर्धा हुने भएको छ । सोहि इभेन्टको महिला तर्फ श्रीलंकाका करुनारन्ते अनुराधाले स्वर्ण पदकको लागि बंगलादेशका विश्वास सुमासंग भिड्ने भएका हुन्। एकल पुरुष रिकर्भ तर्फ स्वर्ण पदकको लागि बंगलादेशका साना एमडी रुमान र भुटानका छिरिङ किन्ले बिच फाइनल प्रतिस्प्रर्धा हुने भएको छ । सोहि इभेन्टको महिला तर्फ बंगलादेशकी खातुन एमएसटीवाई र भुटानकी डेमा सोनाम बिच फाइनल खेलमा प्रतिष्प्रर्धा हुने भएको छ ।

नेपाल सहित ४ देश बिच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको प्रतिस्प्रर्धामा नेपालले कमजोर प्रर्दशन गरेसंगै दोश्रो दिनको खेलमा पनि खासै सुधार हुन सकेन । आर्चरीका राष्ट्रिय खेलाडी योगेन्द्र शेरचनका अनुसार नेपालको खेमला केही सुधार भए पनि श्रीलंका, बंगलादेश र भुटानले धेरै सुधार गरेको बताए । अन्य देशले विदेशी प्रशिक्षक राखेकाछन भने नेपालको प्रशिक्षक समेत विदेशी नै आवश्यक भएको केही खेलाडीहरुले आवश्यकताको महशुस गरेका छन् ।

कमेन्टहरु
Loading...