युवा संघ कास्कीको निवाचन परिचालन कमिटि गठन

पोखरा, १३ बैशाख/युवा संघ नेपाल​ कास्कीले बैशाख ३१ हुने स्थानिय तहको निवाचनमा एमालेका उम्मेदवारलाई जिताउन निर्वाचन​ परिचालन कमिटि गठन गरेको छ । बुधबार पोखरामा सम्पन्न युवा संघ कास्कीको सचिवालय बैठकले संघ कास्कीका सचिव डिल्लिराम सुवेदीको संयोजकत्वमा ३ हजार​ ५ सय ५० सदस्यीय निर्वाचन​परिचालन कमिटि गठन गरेको हो ।निर्वाचन​ परिचालन कमिटिमा पोखरा लेखनाथ महागरपालिकाका समन्वय कमिटि, महानगरका वडा कमिटि, युवा संघ जिल्ला कमिटि, क्षेत्रीय कमिटि, गाँउ कमिटि र गाँउका वडा कमिटिका पदाधिकारी र सदस्यहरु रहने छन् ।

स्थानिय तहको निर्वाचन​मा सम्पुर्ण युवा शत्तिलाई परिचालन गर्ने उदेश्यले कमिटि गठन गरिएको युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले बताए । एमालेका उम्मेदवारलाई जिताउन युवाहरुलाई महानगर देखि गाँउका वडा सम्म परिचालन गरिने संघ कास्कीका सचिव एवं निवाचन परिचालन कमिटिका संयोजक डिल्लिराम सुवेदीले बताए । अध्यक्ष विष्णु पुनको अध्यक्षतामा सम्पन्न बैठकले स्थानिय तहको निवाचनका लागी वडा र क्षेत्रिय कमिटिबाट सिफारिस भएका युवा संघका पदाधिकारी र सदस्यहरुलाई उम्मेदवार बनाउन पार्टीलाई अनुरोधन समेत गरेको छ ।

यसैवीच युवा संघ कास्कीले प्रकाशन गरेको नयाँ वर्ष २०७४ सालको भित्ते पात्रोको बुधबारै विमोचन गरिएको छ । पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य एवं​ युवा संघ कास्कीका प्रेस सल्लाहाकार एकराज गिरी र युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले संयुक्त रुपमा भित्ते पात्रोको विमोचन गरेका थिए । कार्यक्रमको संचालन संघका सचिव डिल्लिराम सुवेदीले गरेका थिए ।

कमेन्टहरु
Loading...