पश्चिमाञ्चल ईञ्जिनियरिङ स्ववियु सभापतिमा पौडेले विजयी

पोखरा, २० फागुन /पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा भएको स्ववियु सभापतिमा अनेरास्ववियुका ईन्द्र पौडेल बिजयी भएका छन् । उनले ५ सय ३५ मत ल्याउदै निकटतम प्रतिद्धन्दी नेविसंघका सुजित कोइरालालाई हराए ।

कोइरालले ४ सय २७ मत ल्याए भने अखिल क्रान्तिकारीका साधुराम लामिछानेले ३ सय ५८ मत ल्याए । त्यसै गरि सचिबमा नेविसंघका विजय झाले ४ सय ९३, अनेरास्ववियूका सचिवमा सम्राट पौडेलले ४ सय ७६, क्रान्तिकारीका सचिवमा कृष्ण दाहालले ३ सय ५१ मत प्राप्त गरे ।

त्यसै गरि कोषाध्यक्षमा नेविसंघका कोषाध्यक्षमा कमला द्वारे विजयी भए । उनले ४ सय ९९ मत प्राप्त गरिन् । त्यसै गरी सदस्यमा नेविसंघ र अनेरास्ववियुले तीन तीन सदस्य जिते भने अखिल क्रान्तिकारीले एक सदस्य जितेको छ ।

कमेन्टहरु
Loading...