CAN

न श्रीमान न सम्पत्ति

62

उषा पौडेल
सवै विवाहित महिलाको सपना हुन्छ श्रीमान साथै रहोस् हरेक सुखदुखमा साथ देओस् । त्यसो नभएपछि आर्थिकरुपमा आत्मनिर्भर नभएका महिला श्रीमानको मृत्युपछि उनकै नाममा रहेको संपत्तीको भरमा जिवन निर्वाह गर्ने र छोराछोरी पाल्ने भरमा पर्छन । यहि आशमा श्रीमानको नाममा रहेको सम्पत्ती आफ्नो नाममा बनाउन सात वर्ष पहिले वागलुङ नरेठाँटीकी छमकुमारी बस्नेत जिल्ला मालपोत कार्यालय बागलुङमा पुगिन । त्यहाँ पुगेपछि मात्र उनलाई थाहा भयो श्रीमान बेपत्ता भएपछि सम्पत्ति श्रीमतीको नाममा नामसरी गर्न १२ वर्ष कुर्नुपर्ने रहेछ । उनको श्रीमान बेपत्ता भएको ११ वर्ष भयो । यसैविचमा उनका एक छोरा र छोरीले पढ्ने र विवाह गर्ने समय भएको थियो ।
ssssssss2222222सवैभन्दा बढि संपत्तिको आवश्यकता भएकोबेला उनले अरुको काम गरेर परिवार पालिन । आफ्नै संपत्ति पनि चाहिदा काम लागेन । अव उनलाई लागेको छ दुखमा साथ नदिएको संपत्ती अव के काम । त्यसबेला जग्गा धितो राखेर या वेचेर भए पनी छोराछोरीलाई पढाउन सकेको भए अहिले राम्रो जागिर हुन्थ्यो भन्ने उनलाई लाग्छ । बेपत्ता व्यक्तिको नाममा भएको सम्पत्ति उसको हकवाला व्यक्तिको नाममा नामसारी गर्न बेपत्ता भएको मितिले १२ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ ।
छमकुमारीका श्रीमान शसस्त्र द्धन्दका वेला राज्यपक्ष वाट बेपत्ता पारिएका हुन । जुनसुकै समयमा बेपत्ता भएको व्यक्तिको हकमा लागु हुने यो कानुनी प्रावधानले अहिले द्वन्द्वकालमा श्रीमान बेपत्ता भएका महिलालाई झण्झट थपेको छ । विगतको शसस्त्र द्वन्द्वका क्रममा श्रीमान बेपत्ता भएका महिलालाई एकातिर प्रियजन गुमाउँदाको पीडा त छँदैछ अर्कोतिर श्रीमानको नाममा भएको सम्पत्तिमाथि समयमै आफ्नो हक स्थापित गर्न नपाउँदा चिन्तित छन् ।
घरमा कमाई गर्ने मानिस नै बेपत्ता भएपछि छमकुमारीलाई दुई छोरा छोरीको पालन पोषण र शिक्षाको लागि गाह्रो भयो । ‘गाउँमा कसैले पनि ऋण नपत्याए पछि पुख्र्यौली सम्पत्ती वेचेर भएपनि छोराछोरीलाई राम्रो शिक्षा दिने सोच आएर मालपोत गएकी थिए ।’ छमकुमारीले दुखि हु“दै भनिन । मालपोत कार्यलयबाट रित्तो हात फर्कनु परेपछि छिमेकीले समेत दुख पर्दा सहयोग गर्न छाडेको बस्नेतको अनुभव छ । भन्छिन ‘दुखमा काम नलाग्ने सम्पत्तीको के अर्थ ज्यान मार्ने लाई त रात दिन गरेर १० वर्ष सजाय हुदो रैछ हामीले त्यो भन्दा पनि ठुलो सजाय भोग्नु प¥यो ।’
ssssssssssएकातीर घर व्यवहारको जिम्मेबारी अर्कोतिर न्यायको लागि वर्षौसम्म भौंतारिनु पर्ने बाध्यताले द्धन्दपिडित महिलालाई थप पिडा दिएको बेपत्ता परिवार समाज बागलुङकी अध्यक्ष जसोदा शर्माले बताइन । उनले भनिन ‘१२ वर्ष भनेको धेरै लामो समय हो ऋण धनको लागी पनि लालपुर्जा चाहिने तर लालपुर्जाको लागि १२ वर्ष कुर्नू पर्नै कस्तो कानुन हो यो ?’ एक छाक टार्न र एक दिन विताउनको लागि गरेको संर्घष यो कानुन वनाउनेलाई थाहा नभएको शर्माले बताईन । ‘श्रीमान बेपत्ता हुँदाको पीडा त छँदैछ त्यसमाथि आर्थिक रुपमा हामीले झेल्नुपरेका समस्याहरु निकै कहालीलाग्दा छन्’ शर्माले दुखेसो पोखिन ।
शर्माका श्रीमान सुर्यप्रसाद शर्मा २०५८ साल माघ १ गते राज्यद्वारा बेपत्ता पारिएका हुन । श्रीमान बेपत्ता भएपछि द्धन्द पिडित एकल महिलालाई लालपुर्जा बिनाको सम्पत्ती रेखदेख गर्न निकै कठिन भएको छ । वागलुङ बुँगादोभानकी लालकुमारी खत्रीका श्रीमान बेपत्ता भएको १० वर्ष बितिसक्यो । श्रीमान बेपत्ता भएपछि उनको नाममा रहेको सम्पत्ती आफ्नो नाममा नामसारी भएन । आफ्नै संपत्ती समेत रेखदेख गर्न कठिन भएको खत्रिको अनुभव छ । भनिन ‘मलाई जग्गाजमिनको साँध, लालपूर्जा केही थाहा छैन, छिमेकीले साँध मिचेका छन् मेरो पक्षमा बोल्ने मान्छे कोही छैनन् ।’ बर्षौ देखि खत्रिले घासँ काटेको खरबारी समेत श्रीमान नभएको देखेर छिमेकीले आफ्नो भन्न थालेको खत्रिले सुनाइन ।
पशुपालन र खेतीकिसानीबाट गुजारा चलाउँदै आएकी खत्रीलाई साथमा रहेको छोराको लालनपोषण र भविष्यको चिन्ताले पिरोलिरहन्छ । भनिन ‘मेरो नाममा लालपुर्जा भए त यो घर, सम्पत्ती वेचविखन गरेर अन्त कतै गएर छोराको भविश्यको लागि केही गर्ने थिए, यसैले अड्काएको छ ।’ श्रीमान वेपत्ता भएको पिडाले निरश जिवन विताउ“दै आएका महिला कानुनीरुपमा बलियो नहु“दा निराश बनेका छन् ।
हटियाकि डम्बर साहानीको पनि पीडा उस्तै छ । घरजग्गाको लालपूर्जा साहानीको नाममा नहुँदा बिजुलीबत्ती पनि उनको नाममा जडान भएको छैन । जसको कारण उनले जेठाजूको नाममा रहेको मिटर बक्स वाट बिजुली प्रयोग गर्न बाध्य छन् । अर्काको नाम वाट विजुली वाल्दा एउटै बत्ती बाल्दा पनि महिनामा ९ सय रुपैया सम्म शुल्क तिर्नू परेको साहानीले गुनासो गरीन् । भनिन ‘गाउँमा ऋण माग्न जादाँ पनि आम्दानी केहि छैन् भएको सम्पत्तीको लालपुर्जा पनि यसको नाममा छैन् भन्दै ऋण पनि पत्ताउन्नन् ।’ आजभोलि उनी १२ वर्ष पुग्ने दिन गन्दै वसेकी छन् ।
श्रीमान बेपत्ता पारिएका महिलाहरुको अवस्था अरुको भन्दा जटिल रहेकोेले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने नेपाल बार एसोशिएसन पुनराबेदन बार र्ईकाइ बागलङका अध्यक्ष राम शर्माले बताए । भने ‘यो कानुन द्धन्द पिडितको हकमा वनेको होईन् द्धन्दकाल पछि तिनिहरुमा पनि कानुन लागु त भयो तर द्धन्द पिडितको मुद्धालाई बिषेश प्राथमिकतामा राखेर अलि सहज निति वनाउनु पर्ने हो ।’ यस बिषयलाई कुनै पनि निकायले गम्भीरतापुर्वक नउठाएको शर्माको भनाई छ । राहात प्राप्त गर्ने प्रकृया देखि घरव्यवहारको काममा समेत त्यस्ता महिलाले ठूलो चुनौति झेल्दै आएका छन् । १० औं वर्षदेखि श्रीमान बेपत्ता भएका महिलाको आर्थिक स्तर दयनीय छ । शर्माले बेपत्ता श्रीमानको नाममा रहेको सम्पत्ती महिलाहरुले चाहेको खण्डमा आफ्नो नाममा बनाउन पाउनुपर्ने बताए ।
वेपत्ता परिवारका एकल महिला नामसारीका लागि आउने गरे पनि कानुनमा १२ वर्ष पुग्नुपर्ने भएकोले बाध्य भएर उनिहरुलाई र्फकाउनु परेको जिल्ला मालपोत कार्यलय वागलुङका अधिकृत शालिकराम शर्माले बताए । भने ‘द्धन्दकाल पछि पनि कानुन संशोधन भयो तर यस विषयमा कसैले पनि सोचेनन्, यसमा हामीले यहाँवाट गर्न सक्ने केहि पनि छैन ।’ यो राष्ट्रिय मुद्धा भएकाले राज्यले नै समस्या समाधानका लागि पहल गनुपर्ने अधिकृत शर्माको भनाइ छ । बेपत्ताको अवस्था सार्वजनिक गर्ने सरकारले प्रतिवद्धता जनाए पनि बेपत्ताहरुको अवस्था सार्वजनिक हुन सकेको छैन । यता आम्दानी गर्ने परिवारको सदस्यलाई नै बेपत्ता पारिएपछि तिनका आश्रित परिवारको आर्थिक अवस्था नाजुक बन्दै गएको छ । भएको पुख्र्यौली सम्पत्ती पनि बेपत्ता व्यक्तिको नाममा भएकाले उनिहरुको आर्थिक अबस्था कमजोर बन्दै गएको हो ।
आर्थिक रुपमा कमजोर अबस्थामा पुगेका त्यस्ता परिवार र बिशेषगरि महिलाको आर्थिक अवस्थालाई सहज वनाउनको लागि सरोकारवाला सबैले ध्यान दिनुपर्नै द्धन्द पिडित समाज वागलुङका अध्यक्ष बद्रि बहादुर केसिको माग छ । भने ‘अहिले सम्म यो विषयलाई कसैले चासो देखाएका छैनन्, पीडा त हामी सवैलाई छ तर बेपत्ता परिवारका महिला यस कानुनका कारण थप पीडामा छन् ।’
सञ्चारिका फिचरसेवा पश्चिमाञ्चल
(उषा बागलुङ एफ.एममा कार्यरत छन् )