कम्युनिष्टले चाहे प्रत्यक्ष कार्यकारी राष्ट्रपति जान सकिन्छः उपप्रधानमन्त्री यादव

पोखरा, २६ जेठ /उपप्रधान तथा स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादवले कम्युनिष्ट पार्टीले चाहे संविधान संशोधन मार्फत नेपाल प्रत्यक्ष निवार्चित कार्यकारी राष्ट्रपति प्रणालीमा जानसकिने बताएका छन् । संघीय प्रेस फोरमले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका अध्यक्ष समते रहेका यादबले नेपाल कम्युनिष्ट पार्टीले चाहेमा नेपाल राष्ट्रपतिय शासनमा जानसक्ने बताए । उनले फोरम राष्ट्रपतिय शासनका कै पक्षमा भएको उल्लेख गरे ।

‘वेष्टमिनिष्टरसीप साम्राज्यवादी मोडल हो, यसले नेपालको समस्या हल गर्दैन’, उनले भने, ‘फोरम प्रत्यक्ष निवार्चित राष्ट्रपतिको पक्षमा छ, अहिलेको सरकारसँग दुई तिहाईभन्दा बढी मत छ, कम्युनिष्टले चाहे भने संविधान संशोधन हुन्छ ।’ दुई बुँदे सहमति मार्फत सत्तारोहण गरेको संघीय समाजवादी फोरम र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता हुने भने कुरा हल्ला मात्रै भएको उनले सुनाए ।

नेपालका कम्युनिष्ट पार्टीहरु वास्तविकतामा नभई नाममा मात्र कम्युनिष्ट भएको पनि उनले जिकिर छ । ‘कम्युनिष्टको साइनबोडमात्रै छ,’ यादवले भने ‘भित्र त क्यारेक्टर, विचार र चरित्र त कम्युनिष्टको छैन ।’ उनले सिद्धान्त र विचार मिल्ने पार्टीहरुसँग एकिकरणको ढोका सधैँ खुल्ला रहेको बताए ।

संघीय समाजवादी फोरम नेपालमा स्थायित्व र विकासको लागि सरकारमा गएको दावी गरे । सरकारमा गए पनि पहिचानका मुद्धाहरु स्थापना गर्न निरनतर अगाडी बढ्ने उनले बताए । फोरम सरकारमा जाँदैमा प्रदेश नम्बर २ को सत्ता समिकरणमा कुनै फरक नपर्ने उनले दोहो¥याए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरामै आयोजित पत्रकार सम्मेलनमा फोरमको सरकार प्रवेशले प्रदेश नम्बर २ मा बाह्य र आन्तरिक चलखेलको ढोका बन्द भएको भन्ने अभिव्यक्तिबारे सोधिएको प्रश्नमा उनले भने,‘बाह्यको कुरा त थाहा छैन, आन्तरिक चलखेलबारे भने म पनि बुझ्छु ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका यादवले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न लागि पर्ने उनको भनाई थियो ।

कमेन्टहरु
Loading...