कास्कीका चारै क्षेत्रमा एमालेको विजय हुनेको अधिकारीको दावी

पोखरा, २३ कात्तिक /नेकपा एमाले निवाचन आयोगका अध्यक्ष एवं समानुपातिक उम्मेदवार सोमनाथ अधिकारी एमालेले कास्कीका चारै क्षेत्रमा विजय प्राप्त गर्ने बताउनु भएको छ । उहाँले जनताको लहर नेकपा एमालेको पक्षमा आएकाले आगामी निर्वाचनमा कास्कीका चारै क्षेत्र लालकिल्ला बनाउने दावी गर्नुभयो । समानुपातिक उम्मेदवार समेत रहनु भएका अधिकारीले मदन भण्डारीको बहुदलीय जनबादमा जलप लगाएर २१ औ शताब्दीको नौलो जनबाद ल्याउदैमा जनताको मन जित्न नसकिने बताउनु भएको छ । काँग्रेस पटक पटक र एमाओबादीले संविधान सभाको निवाचनमा टेष्ट भैसकेकाले अव नेकपा एमालेको विकल्प नभएको दावी गर्नुभयो ।नेकपा एमाले क्षेत्र न २ ले शनिबार बाटुलेचौरको मैदानमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गदै नेता अधिकारीले एमाओबादीले गत संविधान सभामा जनतालाई ढाटेर, डर र त्रासमा पारेर ठूलो पार्टी बनेको आरोप लगाउनु भयो ।

एमाओबादीसंग सहि विचार र विकासको स्पष्ट खाका नभएको पार्टी भएकाले उसबाट अव आशा गर्नुको कुनै अर्थ नभएको बताउनु भयो ।
एमाओबादीले २०६४ सालको निर्वाचनमा अरुलाई धेरै पटक हेरेको र एमाओबादीलाई एक पटक हेर्न आग्रह गदै भोट मागेकाले अव जनतालाई बहुत दिन आग्रह गर्नु ब्यर्थ भएको बताउनु भयो । जनताले एमाओबादीलाई एक पटक हेरेकाले अव जनताले एमालेलाई बहुमत दिने दावी गर्नुभयो । उहाँले यथास्थितिबादी काँग्रेले पनि देशको नेतृत्व गर्न नसक्ने ठोक्कुवा गर्नुभयो । जनताले काग्रेलाई २००७ साल, १७ साल र ४८ सालमा बहुमत दिएको भएपनि सत्ता टिकाउन नसकेको बताउदै काग्रेस र एमाओबादीबाट लोकतान्त्रिक संविधान निर्माण असम्भव रहेको बताउनु भयो ।

कमेन्टहरु
Loading...