एमालेको वडा कमिटी विस्तार

पोखरा, ९ चैत/नेकपा एमालेले मादी गाउँपालिकाको वडा नम्बर ५ (साविक कालिका ६—९) मा वडा संगठन कमिटी गठन गरेको छ । एकबहादुर कार्कीको अध्यक्षतामा २१ सदस्यीय वडा संगठन कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा दुर्गाप्रसाद गौतम, सचिवमा सुजनबाबु अधिकारी, उपसचिव मिलन गुरुङ गंगा र कोषाध्यक्ष सुकमाया गुरुङ छन् ।

नेकपा एमाले साविक कालिका गाउँ कमिटीका अध्यक्ष निर्मलदियाली सुनारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश ४ का सदस्य वेदबहादुर गुरुङ श्याम, एमालेका कार्यालय सचिव बैनबहादुर क्षेत्री, क्षेत्रीय सचिव बालकृष्ण गुरुङ लगायतले स्थानीय तह निर्वाचनमा एमालेको पक्षमा जनमत बनाउन लाग्नुपर्ने बताए ।

कमेन्टहरु
Loading...