एमाले २ को घार्मी र अर्मलामा घरदैलो

पोखरा, २७ कात्तिक/नेकपा एमाले कास्की क्षेत्र न २ ले बुधबार पनि विभिन्न ठाँउमा घरदैलो, मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । एमाले क्षेत्र २ अन्र्तगत पोखरा–१६ को उपल्लो घार्मि, तल्लो घार्मी र पल्लो घर्मीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । प्रत्यक्ष तर्फका उम्मेदवार कृष्ण थापा, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार जगत विश्वकर्मा, क्षेत्र न २ का अध्यक्ष जीवन आर्चाय सहित एमाले कार्याकता र शुभेच्छुकको सहभागितामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको एमाले क्षेत्र न २ कास्कीले जनाएको छ ।त्यस्तै क्षेत्रन २ कै अर्मला गाविसमा पनि उम्मेदवार थापा, केन्द्रीय सदस्य जगत विश्वकर्मा र क्षेत्रीय अध्यक्ष जिवन आर्चाय सहित घरदैलो कार्यक्रम सम्पन्न भएको छ । अर्मलाको पुरेचौर र हरी पाँउ क्षेत्रमा घरदैलो सम्पन्न गरेको क्षेत्र न २ का कार्यालय सचिव अर्जुन अधिकारीले जानकारी दिनु भयो । घरदैलोमा पुग्नु भएका उम्मेदवार थापालाई स्थानिय बासिन्दाले आगामी निर्वाचनमा मतदान गर्ने प्रतिबद्धता गदै फुलमाला र अविरले भब्य स्वागत गरेका थिए ।

यता पोखरा १२ मा पनि एमाले क्षेत्र न २ ले आजै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय प्रतिनिधि सदस्य श्रीनाथ बराल र समानुपातिक उम्मेदवार गजकुमारी गुरुङ सहित घरदैलो कार्यक्रम सम्पन्न भएको हो । घरदैलोमा पुगेका नेतासंग पोखरा १२का बासिन्दाले विगतमा गल्ती भएको भन्दै आगामी निर्वाचनमा एमालेलाई जिताउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...