पोखरा लेखनाथ ३१ मा एमालेको चुनावी प्रचार तिब्र

पोखरा , २२ बैशाख ।पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ मा नेकपा एमालेले चुनावी प्रचारलाई तिब्र परेको छ । सबिकको लेखनाथ नगरपालिकाका वडा नम्वर ९ , १० र ११ मिलेर बनेको पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३१ मा एमालेले घर दैलो कार्यक्रम, कोणसभा लगायतका प्रचारप्रसारलाई तिब्रता दिएको हो ।

यसैक्रममा शुक्रबार एमालेले वडा नम्बर ३१ को मोहोरिया, स्याङ्खुदी, पिप्ले, फप्रेटा, ¥यालमारे भञ्ज्याङ, लाकुरी लगायतको ठाउमा घरदैलो कार्यक्रम सम्पन्न गरेको अध्यक्ष पदका उमेदवार कमल बहादुर थापाले जानकारी दिए । शनिबार लामास्वाराका बिभिन्न भागमा घरदैलो कार्यक्रम गरिने थापाले बताए ।

यसैगरी शनिबार नै पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ मोहोरिया चोकमा दिउसो ३ बजे पोखरा लेखनाथ महानगरपालिकाका एमालेका मेयर पदका उमेदवार मान बहादुर जिसी र उपमेयर पदका उमेदवार मन्जुदेबी गुरुङको उपस्थितिमा कोणसभा कार्यक्रम गरिने प्रचारप्रसार समितिले जनाएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ मा नेकपा एमालेको तर्फबाट अध्यक्षमा कमल बहादुर थापा, महिला सदस्यमा सबित्री भण्डारी, दलित महिला सदस्यमा बिष्णू सुनार र खुल्ला सदस्यहरुमा बिष्णू बहादुर भुजेल र पुर्णखर पाण्डे उमेदवार बनेका छन् ।

कमेन्टहरु
Loading...