दुई नम्बर प्रदेशको चलखेल समाप्त —प्रचण्ड

पोखरा, २१ जेठ/नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा चलखेल गरेर मधेष छुट्छकी भन्ने डर समाप्त भएको बताएका छन् । दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशको स्थित भन्दा अलग गरेर चलखेल गर्दै केन्द्र सरकारलाई अस्थीर बनाउने कोशिस भएकाले संघीय समाजवादी फोरमलाई केन्द्रलाई सरकारमा ल्याउएर समाप्त पारेको बताए ।

उनले केन्द्र सरकारकै प्रभावमा प्रदेश दुईमा सरकार बन्ने बाटो समेत खुलेको बताए । नेपाल पत्रकार महासंघ चार नम्बर प्रदेशले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशहरुको स्थितिभन्दा अलग गराउने र त्यहाँ चलखेल गरेर सरकारलाई अस्थीर बनाउने कसैले सपना देखेको कारण त्यसको ढोका चाहिँ गरेको बताए ।

प्रचण्डले अर्को प्रसंगमा अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसको विकल्पबारे छलफल भएको बताए । नेपालका निर्वाचन प्रणाली निकै खर्चिलो भएको भन्दै अध्यक्ष प्रचण्डले कमखर्चिलो र सवसाधारणले पनि निर्वाचन लड्न सक्ने खाल्को निर्वाचन प्रणाली अपनाउने पर्ने बताए । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले निर्वाचनबारे अहिलेको जस्तो मानसिकताबाट बदल्नु पर्ने बताए । उनले आमजनताको पहुँच भित्र रहने गरि निर्वाचन प्रणाली बनाउन सासकिय प्रणाली परिर्वतन गर्न सकिने बताए ।

उनले आर्थिक वर्ष २०७५/७६ को बजेट पहिले वर्ष पहिलो गियरमा चलेको बताए । अको वर्ष दुई, तीन, चार हुदै बजेट बताउने उल्लेख गरे । विगतमा छिटो–छिटो सरकार परिवर्तन हुने भएकाले जनताको भोट तान्ने उद्देश्यले लोकप्रिय कार्यक्रम बजेटमा राख्ने गरिए पनि अहिले त्यस्तो नगरिएको प्रचण्डको भनाई छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा कम्युनिस्टहरुकै मुख्य भूमिका रहेकाले सरकार तानाशाही बन्ने सम्भव नभएको उनले स्पष्ट पारे ।

कमेन्टहरु
Loading...