तरुण दल पोखरा लेखनाथमा पुन

पोखरा, २७ चैत/नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका समितिमा अध्यक्षको जिम्मेबारी महेन्द्र पुनले पाएका छन्। पोखरामा आइतबार भएको तरुण दल पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाको संयुक्त बैठकले पुनलाई अध्यक्षको जिम्मेबारी दिएको हो।अध्यक्षको जिम्मेबारी पाएपछि पुनले युवा तरुणको अधिकारका लागि लड्दै काँग्रेसको विकास र विस्तारमा लागिपर्ने प्रतिवद्वता व्यक्त गरेका छन्।

बैठकले सहअध्यक्षमा सागर गुरुङ, उपाध्यक्षमा प्रशान्त गुरुङ, मिनबहादुर गुरुङ, सचिवमा पुजन कार्की, कोषाध्यक्षमा विकीबहादुर गुरुङ, सहसचिवमा राकेश पुनलाई चयन गरेको छ । समितिको सदस्यमा सनि डंगोल, जिएस गुरुङ, मेस् घले, मनोज शिल्पकार, शुरेस रायमाझी, विजय गुरुङ, प्रदिप पौडेल, दामोदर पाण्डे छन्।त्यस्तै, बुद्वि पुन, प्रताप बाँनिया, सुदिप केसी, पदम गुरुङ, सिद्वार्थ गुरुङ, दिपेन्द्र परियार, महेन्द्र बराल, सिंहबहादुर गुरुङ, कृष्ण ठकुरी र हसन गुरुङ छन्।

बैठकले नेपाली काँग्रेसले चैत्र ३० गते पोखरामा गर्न लागेको आमसभालाई सफल बनाउन हरतरहले लाग्ने निर्णय गरेको छ। त्यसैगरी, आमसभाको प्रचार प्रसारगर्दै २९ गते विहान पोखरामा मोटरसाईकल ¥याली निकाल्ने भएको छ ।पोखराको अमरसिंहचौरबाट शुरु हुने ¥यालीले पोखराका विभिन्न स्थान परिक्रमा गर्नेछ ।¥यालीमा सहभागिता जनाउन प्रजातन्त्रप्रेमी युवाहरुलाई तरुण दलले आग्रह गरेको छ।

कमेन्टहरु
Loading...