प्रधानमन्त्रीका उमेद्वार सुशील कोइरालाको जिवनी यस्तो छ

पोखरा, २६ माघ
जन्मस्थान विराटनगर
२००७ साल देखि राजनीतिमा चासो राख्न थाल्नु भएका कोइराला विगत ५० वर्ष देखि निरन्तर नेपालको लोकतान्त्रिक आन्दोलनमा सकृय रहदै आउनु भएको छ । ३०३४ साल पछि नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य महामन्त्री उपसभापित हुदै अहिले कार्यवाहक सभापति हुनुहन्छ । इमान्दारीता राजनीतिकर्मीको सबै भन्दा ठूलो शक्ति भन्ने कुरालाई व्यवहारमा उतार्दै आउनु भएका कोइराला अहिले समकालिन नेताहरुमा सबैभन्दा सादा जीवन व्यतित गर्ने पार्टी प्रमुख हुनुहुन्छ ।२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद भंग गरी प्रजातन्त्र मािथ कु गरे पछि भारत प्रवासमा गएका सुशीलले कलकत्ता र पटनामा पत्रकार सम्मेलन गरी भारतीय र अन्तराष्ट्रिय साचार माध्यमलाई नेपालको राजनीतिक अवस्था वारे जानकारी गराउने महत्वपूर्ण काम गर्नु भएको थियो । नेपालमा लोकतन्त्र वहालीका लागि कांग्रेसले साचालन गरेको शसस्त्र क्रान्तिमा कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सहयोगीका रुपमा उहाँको भूमिका रहेको छ ।

२०३० सालमा गिरिजाप्रसाद कोइरालाको योजना अनुरुप तत्कालीन शाही नेपाल वायुसेवा निगमको विमान अपहरण गरी भारत विहारको फारवेसगाजमा उतारियो । त्यही विमान अपरहणवाट प्राप्त गरेको ३० लाख भारतीय रुपैया शसस्त्र क्रान्तिमा उपयोग भएको थियो ।

शुषिल कोइराला
शुषिल कोइराला

विमान अपहरण पछि भारतीय प्रहरीलाई छल्न उहाँ वम्वै कालिङपोङ लगायत भारतका विभिन्न शहरमा भूमिगत वस्नु भयो । पछि सोही अभियोगमा दिल्लीवाट पक्राउ परेका कोइरालालाई अत्यन्त क्रुर यातना सहित भारतको तिहाड अररिया पूर्णिया भागलपुरमा तीन वर्ष राखियो । राजनीतिक जीवनमा उहाँले सबै भन्दा कठिन दुख त्यो वेला पाउनु भएको थियो ।

२००७ साल पछि नेपालमा लोकतन्त्र स्थपानाका लागि भएका सबै आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका कोइरालाले ६ वर्ष जेल र २० वर्ष भारत प्रवासमा विताउनु भएको छ । बीपी कोइरालाको निधन पछि जर्मनी अष्ट्रेलिया र वेलायत लगायतका युरोपीयन मुलुकमा पार्टीको पक्षमा लविङका लागि जानु भएका कोइराला सोसलिष्ट इन्टरनेशनलका अधिकांस सम्मेलनमा सहभागी हुनु भएको छ । २०४६ सालको जनआन्दोलन पछि २०४८ र २०५६ सालमा वाके क्षेत्र नं २ वाट सांसदमा विजयी भएका कोइराला सधै सत्ता र शक्ति भन्दा वाहिर रहनुभयो ।

२०४६ सालमा प्रजातन्त्र पुनस्थापना भए पछि गठित पहिलो सरकारमा परराष्ट्रमन्त्री वन्न गरिएको आग्रह अस्वीकार गर्दै आउनु भएका कोइरालाले उपप्रधानमन्त्री वन्न गरिएको आग्रह पटक पटक अस्वीकार गर्नु भएको थियो । नेपालको सबै भन्दा पुरानो र ऐतिहासिक लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेसलाई संस्थागत रुपमा अघि वढाउने लक्ष्य राख्नु भएका कार्यवाहक सभापति कोइराला १२ औ महाधिवेशनमा सभापति पदका प्रत्यासी हुनुहुन्छ ।

कमेन्टहरु
Loading...