पोखरा विश्वविद्यालयको स्ववियुमा अनेरास्ववियुका सुनिल विजयी

पोखरा, २२ चैत/पोखरा विश्वविद्यालयको स्ववियुमा अनेरास्ववियुका सुनिल तिमिल्सिना बिजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेविसंघका डिफान भुजेललाई २२६ मतले पछि पार्दै बिजयी भए ।

अनेरास्ववियुका सुनिल तिमिल्सिना ८४५ मत प्राप्त गरे भने नेबिसंघ उम्मेदवार डिफान भुजेल ६१९ मत प्राप्त गरे । त्यसै गरी क्रान्तिकारी उम्मेदवार सुधन पन्त ४९, स्वतन्त्र अनेरास्ववियुको बागी कुसुमसिला भट्ट १४८, स्वतन्त्र नयाँ शक्ति सुभाष पौडेल ७५ प्राप्त गरे ।

त्यसै गरि सचिबमा अनेरास्ववियुका सुरज परियार, कोषाध्यक्षमा प्रकृति दवाडी विजयी भए । नौ जना सदस्यमा ७ जना अनेरास्ववियुका र २ जना नेविसंघले जितेको छ ।

कमेन्टहरु
Loading...