कतै उत्साही त कतै भावुक बन्दै गाउँ–गाउँमा शुक्रराज

पोखरा, ३० कात्तिक/चुनावी प्रचारप्रसारका क्रममा यतिवेला गाउँ–गाउँ व्यस्त रहनुभएका नेपाली काँग्रेसका अग्रज नेता शुक्रराज शर्माले शहिदका सपनालाई पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उमेद्वार रहेका नेता शर्माले माछापुच्छे« गाउँपालिका वडा नम्बर १ टुसेमा रहेका शहिद टेकप्रसाद गुरुडको आँगनमा पुगेर सो कुरा बताउनु भएको हो ।

प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा शहिद हुन पुगेका टेकबहादुर गुरुङ जस्ता कयौं लोकतन्त्र प्रेमीहरुको सपनालाई आफू र नेपाली कांग्रेसले कहिल्यै भूल्न नसक्ने नेता शर्माको भनाई थियो । नेपाली कांग्रेसका कर्मठ योद्धा तथा माछापुच्छे« र त्यस वरपर अत्यन्तै मिलनसार र विकासप्रेमी नेताको छबि बनाएका टेकप्रसाद गुरुङको तत्कालिन विद्रोही माओवादीले २०५८ मंसिरमा हत्या गरेको थियो ।

आफ्नै आँगनमा पुगेका नेता शर्मालाई देखेर शहिद गुरुङका छोरा मेखबहादुर गुरुङले भावुक हुँदै आफ्नै पिताका राजनीतिक सहयात्री शुक्रराज शर्मालाई सबै गाउँलेहरु मिलेर विजयी बनाउने विश्वास दिलाउनुभयो ।

‘नेता शर्माका सहयात्री मेरा बाबुले संकटको अवस्थामा पनि डटेर विकास र गाउँका पक्षमा सदैव लडिरहनु भयो’ सहिद गुरुङका छोरा मेखबहादुरले आँखा भरी आँसु बनाउँदै भन्नुभयो–‘बुबाको सपना पुरा गर्न पनि बुबाकै राजनीतिक सहयात्री शर्मालाई जिताएरै छाड्नेछांै ।’

नेता शर्मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम अन्तरगत माछापुच्छे« गाउँपालिकाका धिप्राङ, टुसे, मिश्रा, खहरे लगायतका गाउँहरुमा पुग्दा स्थानीयले हार्दिकताका साथ स्वागत गरेका थिए । गाउँलेहरुको न्यानो माया पाएका नेता शर्माले भन्नुभयो–‘न त बाघलाई जंगल नौलो, न त जंगललाई नै बाघ; त्यसैले शुक्रराज शर्माका लागि माछापुच्छे« कुनै नौंलो र अपरिचित ठाउँ हैन ।’

कास्की क्षेत्र नं. ३ अन्तर्गत प्रदेश सभा ककी उमेद्वार पूर्वसभासद् शारदा पौडेलले राज्यको ढुकुटीबाट बाँडिएको रकमलाई आफ्नै पार्टी कार्यालयबाट बाँडिएको झैं गरी केही राजनीतिक दलहरुले अफवाहको रुपमा फैलाईरहेकोप्रति आपत्ति व्यक्त गर्दै भ्रममा नपर्न मतदातासँग आग्रह गर्नुभयो ।

गाउँपालिकाको विभिन्न वडाहरुमा भएको कोणसभामा नेपाली काँग्रेसका महासमिति सदस्यद्वय रामचन्द्र त्रिपाठी र दिपक गुरुङ, नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, तरुण दल कास्की जिल्ला अध्यक्ष मनोज गुरुङ, कांग्रेस नेता मेखबहादुर गुरुङ, काँग्रेस नेता भीमबहादुर गुरुङ, कृष्णकुमार श्रेष्ठ, घनश्याम लम्साल, दुर्गादत्त लम्साल, मनबहादुर नेपाली, तरुण दलका मौसम कार्की लगायतले लोकतन्त्रको रक्षा र शहिदको सपना साकार पार्न काँग्रेसलाई जिताउनु पर्नेमा जोड दिनुभयो ।

कमेन्टहरु
Loading...