सुखदुःखको साथी बन्छु ः मनबहादुर

पोखरा, २८ कात्तिक /कास्की क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा ख का उम्मेदवार मनबहादुर गुरुङले आफू जनताको सुखदुःखको साथी भएको बताएका छन् ।

घरदैलो अभियानका क्रममा सोमबार पोखरा–१०, जनप्रिय टोलमा आयोजित कोणसभामा गुरुङले चुनाव जितेपछि पनि आफू सधैं जनताको साथमा रहने प्रतिवद्धता गरे ।

‘स्थानीय आवश्यकता अनुरुपको विकास निर्माणका लागि मैले नेतृत्व गर्नेछु,’ उनले भने । आर्थिक समृद्धि र रोजगारीको सिर्जना आफ्नो प्राथमिकता रहेको बताउँदै उनले आधुनिक कृषि सहकारी प्रणालीको विकास गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...