पार्टी सभापतिलाई बिदाइ गरेरे मात्र पार्टीमा परिर्वतन हुन्छः महामन्त्री कोइराला

पार्टी सभापतिलाई बिदाइ गरेरे मात्र पार्टीमा परिर्वतन हुन्छः महामन्त्री कोइराला
262

पोखरा, ३ माघ / नेपाली काग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टी सभापतिलाई बिदाइ गरेरे मात्र पार्टीमा परिर्वतन हुने बताएका छन् । प्रजातान्त्रीक विचार समाज कास्कीले पोखरामा आयोजना गरेको शुक्रराज शर्माद्धारा लिखित काग्रेसमा संकल्पित ५२ वर्ष पुस्तक परिचर्चा कार्यक्रमा पार्टीलाई परिर्वतन गर्न सभापतिलाई बिदाई गर्नु पर्ने बताए ।

महामन्त्री कोइरालाले ओली सरकारले बहुमतका आधारमा लोकतन्त्रको विधि र मर्ममाथि प्रहार गरेको आरोप लगाए । उनले मिडिया काउन्सिल विधेयकका कारण पत्रकारको कलम रोकिन नहुने र राजनीतिज्ञको भाषा रोकिन नहुने बताए । सरकार एकदलीय कम्युनिष्ट शासनतर्फ उन्मुख हुँदा मानव अधिकार, सुरक्षा परिषद्, नागरिकको लोकतान्त्रिक अधिकारप्रति यो वा त्यो बहानामा हस्तक्षेप गरेको उनले आरोप लगाए ।

उनले पुस्तक युवा वर्गका लागि प्रेरणाको स्रोत बन्ने बताए । विश्लेषक डा शोभाकर पराजुलीले नेता शर्माले लोभ, आशा, लालचाभन्दा माथि उठेर पुस्तक लेखेको बताए । बरिष्ठ अधिवक्ता तिलक पराजुलीले वर्तमान र भावि पुस्ता दुवैका लागि पुस्तक उपयोगी रहेको बताए ।

५ दशक बढी समय नेपाली काँग्रेसको राजनीतिमा बिताएका शर्माले लेखेको सो पुस्तक २ सय ३६ पृष्ठको छ । पुस्तकमा शर्माको जीवनका महत्वपूर्ण घटनासँगै राजनैतिक अनुभव, गणतन्त्रका १० वर्ष, १६ वर्ष जिल्ला सभापति, वीपीले लेख्न खोजेको इतिहास, वीपी मेलमिलापका पाँच वर्ष र काँग्रेसको अबको बाटो लगायतका सामग्री छन् ।

कार्यक्रममा नेपाली काँग्रेस नीति तथा प्रशिक्षण विभाग सदस्य प्रा.डा कुसुमाकर न्यौपानेले काँग्रेस र प्रजातन्त्रलाई माथि उठाउन नेता शर्माले जीवन समर्पित गरेको उल्लेख गरे ।

Get real time updates directly on you device, subscribe now.

Loading...