एमालेबाट पोखरा २० मा वडाअध्यक्षको उमेद्वार सिम गुरुङ

पोखरा १८ वैशाख । एमालेको तर्फबाट पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० को वडाअध्यक्षमा सिम गुरुङले उमेद्वारी दिएका छन् । एमाले बैठकले उनलाई वडाको अध्यक्षका लागि उमेदवार तय गरेको हो ।

साविकको मौजा गाविस र हाल महानगरपालिका वडा नम्बर २० स्थायी घर भएका गुरुङ अहिले एमालेको पोखरा लेखनाथ महानगर वडा नम्बर १२ को उपाध्यक्ष हुन् । दोहोरी ब्यवसायी संघ पोखराको संस्थापक अध्यक्ष गुरुङ पर्यटन ब्यवसायी पनि हुन् ।

एमालेको खेलकुद महासंघ गण्डकी सह संयोजक भएर काम गरिसकेका गुरुङ कास्की जिल्ला भलिवल संघका पूर्ब सचिव पनि हुन् । मौजामा अत्याधुनिक खेल मैदान निर्माण गर्न अग्रणी भूमिका खेलेका उनी स्थानीय प्रयत्नशिल युवा क्लव का पूर्ब अध्यक्ष एबं हाल सल्लाहकार हुन् ।

कमेन्टहरु
Loading...