राष्ट्रको प्रमुख पद अङ्गीकृत नागरिकलाई दिन सकिदैन : एमाले नेता अधिकारी

कृष्ण आचार्य, पोखरा, ७ असोज /नेकपा एमालेका सल्लाहकार परिषदका उपाध्यक्ष खगराज अधिकारीले राष्ट्रको प्रमुख पद अङ्गीकृत नागरिकलाई दिन नसकिने बताएका छन् । शनिबार लेखनाथमा बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा युवा संघ नेपाल पोखरा लेखनाथ ३१ र अखिल नेपाल महिला संघ पोखरा लेखनाथ ३१ ले संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै एमाले नेता अधिकारीले अङ्गीकृत नागरीकलाई राष्ट्र र प्रदेश प्रमुख बनाउन नसकिने बताएका हुन् ।

राष्ट्रको प्रमुख पद अङ्गीकृत नागरिकलाई दिन सकिदैन ः एमाले नेता अधिकारी

अरु देशमा पनि अङ्गीकृत नागरीकलाई राष्ट्र प्रमुख नबनाईने गरेको नजिर प्रस्तुत गर्दै नेपालमा अङ्गीकृत नागरीकलाई राष्ट्र प्रमुख बनाईए देश सिक्किमीकरणको बाटोमा जाने उनको भनाई थियो । पुर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले नेपालमा बोलिने मातृभाषालाई मात्रै राष्ट्रभाषा मान्न सकिने भन्दै कसैको दवाबमा दिल्लीमा बोलिने भाषालाई कदापी राष्ट्रभाषा मान्न नसकिने बताए ।आफ्नो दल पहिलो शक्ती बन्ने देखेर आगामी मंसिरमा हुने भनिएको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन समयमा हुन नदिने खेल सुरु भएको पनि उनको दाबी थियो ।

शुभकामना आदान प्रदान कार्यक्रम

कार्यक्रम संयोजक पुरुशोतम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ३१ का वडा अध्यक्ष कमल बहादुर थापा, अखिल नेपाल महिला संघ क्षेत्रिय कमिटी सदस्य धनदेबी तिवारी, युवा संघ नेपाल पोखरा लेखनाथ ३१ का सदस्य सरण थापा लगायतले बोलेका थिए ।कर्यक्रमको संचालन सरिता ढकालले गरेकी थिईन् । कार्यक्रममा सहभागीहरुले नेपालीहरुको महान चाड बडा दसै, शुभ दिपवली, छट र नेपाल सम्वतको एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...