राष्ट्रिय अखण्डतामा काग्रेसको सधै सरकारलाई साथः देउवा

काठमाडौं, ३१ जेठ / प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको विषयमा राष्ट्रिय एकता कायम भएको बताएका छन् ।

सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसको सधै साथ रहने उनले बताए ।

पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले लिम्पियाधुरा सहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने बताए ।

अरू विषयमा आफू नबोल्ने भन्दै छोटो सम्बोधन गरेका देउवाले राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन रहने बताए ।

कमेन्टहरु
Loading...