उपमेयर उम्मेदवार सिरोज कोइरालाको चुनाव चिन्ह घडी

पोखरा २२ वैशाख /पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सिरोज कोइरालाले चुनाव चिन्ह घडी प्राप्त गरेका छन् । निर्वाचन तालिका अनुसार शुक्रवार चुनाव चिन्ह वितरणका क्रममा उनले घडी रोजेका हुन् । उनको क्रम संख्या १९ रहेको छ ।

चुनाव चिन्ह प्राप्त गरेपछि उनले समयको महत्वलाई बुझेर महानगरबासीले आफुलाई उपमेयरमा मतदान गर्ने विश्वास ब्यक्त गरे । सञ्चार, पर्यटन र आध्यात्म क्षेत्रमा सम्बद्ध उनले पोखरालाई समृद्ध महानगर बनाउने उद्देश्यले उम्मेदवारी प्रस्तुत गरेका हुन् । बिष्णुहरी पौडेलको प्रश्तावना र किशोर ओझाको समर्थनमा कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले पोखरेलीलाई विश्व स्वास्थ्य संगठन मापदण्डको पिउने पानीको प्रबन्ध गर्ने, पोखरा प्रवेशका लागि वैकल्पिक मार्ग बनाउने, मेट्रोपोलिटन बस तथा ट्राम सञ्चालन गर्ने, बजारलाई नै अस्तव्यस्त बनाएको बिजुली, टेलिफोन र केबल तार भूमिगत गर्ने योजना अघि सारेका छन् । पोखरा क्षेत्रमा जग्गा खण्डिकरण बढी भएकाले आधुनिक अपार्टमेण्ट शैलिका घर निर्माण गरेर जमिनलाई कृषि उत्पादनमा उपयोग गर्नुपर्ने बताए । पोखरा र पर्यटन पर्याबाची भएकाले पोखरालाई योगा र मेडिटेसन टुरिजम सेन्टरको रुपमा पनि विकास गर्नुपर्ने उनको भनाई छ ।

कमेन्टहरु
Loading...