सांसद पौडेलबाट बाटो निर्माणका लागि रकम प्रदान

पोखरा, २ साउन /कास्की जिल्ला क्षेत्र नम्बर २ का सांसद तथा नेपाली कांग्रेसकी नेतृ शारदा पौडेलले पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर १५ स्थित चोरसांघु देखि मितेरी पुल सम्म खोल्न लागिएको बाटोको आरम्भ गर्न रु. २ लाख प्रदान गरेकी छन् । सांसद पौडेलले उक्त रकमको चेक अलकापुर टोल बिकास संस्थाका अध्यक्ष प्रेम नारायण पौडेल, सचिव लोक नाथ ढकाल र कोषाध्यक्ष नित्यलाल अधिकारीलाई संयुक्त रुपमा प्रदान गरेकी हुन् ।

रकम प्रदान गर्दै सांसद पौडेलले बिकास नभएका ठाउंलाई प्राथमिकता दिदैं आगामी दिनमा बाटो निर्माण गर्न आफुले सघाउने बचन बद्धता जनाईन । चेक हस्तान्तरणका अवसरमा टोल बिकास वडा समन्वय समिति १५ का अध्यक्ष टोपबहादुर थापा, नेपाली कांग्रेस क्षेत्रीय सचिव बर्षा केशव पराजुली, अलकापुर आमा समुहकी अध्यक्ष सत्यदेवी शर्मा, शुक्लेश्वर मन्दिर संचालक समितिका अध्यक्ष घनश्याम भण्डारी, समाजसेवी जयबहादुर के.सी.लगायतको उपस्थिति रहेको थियो ।

यसै गरि सेती नदी किनार बाटो निकास समितिले थालेको बाटो निर्माणका लागि अलकापुर टोल बिकास संस्थाको खानेपानी उपसमितिका तर्फबाट रु.१ लाख २८ हजार प्रदान गरिएको छ । टोल बिकास संस्थाका अध्यक्ष प्रेम नारायण पौडेलका अनुसार अहिलेको प्राथमिकता बाटो जसरी पनि खोल्नु परेको हुंदा कामको थालनी गर्न रकम हस्तान्तरण गरिएको हो । चोरसांघु देखि प्रजातन्त्र सेनानी स्व.ऋषि केशव पराजुलीको स्मृतिमा खोलिएको ऋषिमार्ग सम्म पहिलो चरणको ट्रयाक खोल्न थालिएको हो ।

दोस्रो चरणमा समाजसेवी सूर्यबहादुर के.सी.ले निर्माण गरेको मितेरी सांघुबाट ताङ्गले समाजघर तर्फ ट्रयाक खोलिने जानकारी सेती नदी किनार बाटो निकास समितिका अध्यक्ष ख्याम नारायण पौडेलले दिएका छन् । यो क्षेत्रमा प्रदेश नम्बर चारको प्रख्यात एस.ओ.एस.बालग्राम, आशा क्लिनिक, मितेरी गाउं लगायतका बस्ती रहेकाले समेत बाटो निकास अनिवार्य रहेको जिकिर अध्यक्ष पौडेलले गरेका हुन् ।

 

कमेन्टहरु
Loading...