गोर्खा जेलब्रेककी सञ्जु अर्याल सम्मानित

पोखरा, १८ चैत /जनयुद्धका क्रममा गोखा जिल्लाको जेल ब्रेक गरेकी सञ्जु अर्याल जनयुद्धको समाप्ती पछि आफूलाई कसैले वास्ता नगरेकोमा चिन्तित थिइन् । तर आफूले जेलब्रेक गरेको ठीक १८ वर्षपछि बिहीबार पोखरामा कार्यक्रमको आयोजना गरेर सम्मान गर्दा उनी प्रफुल्लित बनिन् ।

नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो ईञ्चार्ज सावित्री दूरा “आस्था”ले आफूलाई सम्मान गरेपछि उनले अघि भनिन्। “त्यतिबेला हामीलाई त्यो सब गर्ने हिम्मत, आँट र शक्ति
माक्र्सवाद, लेनिनवाद र माओवादले नै हो । म मालेमावादबाट कहिल्यैपनि विमुख हुन सक्दिन ।” आफूलाई सेना र प्रहरीले बन्दूक तेस्र्याएर मारिदिनेसम्मको धम्की दिंदा पनि आफूले कम्युनिष्ट पाटीको हैसियतले पार्टीका कुनै गोप्य कुरा नखोलेको स्मरण गर्दै उनले त्यो सब आ“ट, भरोसा र विश्वास मालेमावादले नै दिएको बताइन् ।

उनले आफ्नो मन्तव्यका क्रममा आफूहरुले एउटा रड र ऊनीको कपडा बुन्ने सुइरोले करीब ६ महिना लगाएर सुरुङ खनेर भाग्न सफल भएको घटना बताएकी थिइन् । नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य
एवं गण्डक ब्यूरो ईञ्चार्ज सावित्री दूराले तात्कालीन अवस्थामा सामन्ती सत्ताका विरुद्ध लड्दा प्रतिक्रियावादी सत्ताको जेल परेका योद्धाहरुले कडा सुरक्षाकाबीचमा पनि जेलब्रेक गर्न सफल भएको बताइन् ।

कमेन्टहरु
Loading...