संघिय समाजवादी र नयाँ शक्तिको घरदैलो कार्यक्रम तिव्र

पोखरा, २६ बैशाख/संघिय समाजवादी र नयाँ शक्तिको संयुक्त गठबन्धनद्वारा चुनावी अभियान अन्तर्गत कास्कीका गाउँपालिका तथा पोखरालेखनाथ महानगरका वडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्र बनाईरहेको छ । वडाका विभिन्न ठाउँ–ठाउँमा भेला आयोजना गरि आफ्नो प्रतिवद्धता सहित घरदैलो कार्यलाई तिव्र बनाएको हो ।

पोखरालेखनाथ–२६ सट्नेरीमा संयुक्त गठबन्धनबाट पोखरालेखनाथ महानगर मेयर पदका उमेद्वार हुमबहादुर गुरुङले आउँदो १० वर्ष भित्र महानगरलाई एक स्र्माट सिटीका रुममा विकास गर्ने योजनाका साथमा समान शिक्षा, स्वास्थ्यलाई निशुल्क गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसैगरि संयुक्त गठबन्धनकै उपमेयर पदकी उमेद्वार लक्ष्मी खाती परियारले अहिले देशमा भैरहेको वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय असमानता, विभेद, शोषण र उत्पीडनलाई अन्त्य गर्न कटीबद्ध भएर लागिपर्ने बताईन् । वडा अध्यक्ष पदका उमेद्वार सु. भेघ बहादुर गुरुङले वडा विकासका लागि मसाल चिह्नमा मतदान गर्न अपिल गरेका थिए ।

पोखरालेखनाथमा रहेका विभिन्न सुकुम्वासी टोलमा भेला तथा घरदैलो गर्दै संयुक्त गठबन्धनले पोले–२७ को अर्चलेमा भेला गरेको छ । गठबन्धनका मेयर, उपमेयर तथा वडा अध्यक्ष तथा सदस्य पदका उमेद्वारहरुले आफ्नो ठाउँको विकासका लागि दक्ष व्यक्ति चुन्ने अवसरलाई नगुमाउन आग्रह गर्दै आ–आफ्नो प्रतिवद्धता व्यक्त गरेका थिए । पोले–२७ का वडा अध्यक्ष पदका उमेद्वार लाल बहादुर गुरुङको नेतृत्वमा संचालित घरदैलो कार्यक्रममा निर्वाचन परिचालन समितिका दिपक तामाङ, शम्भु खाती परियार, सौगात पोखरेल, पान बहादुर घर्ती, हेमबहादुर थापा, अनुगमन तथा निर्देशन समितिका जिल्ला संयोजक देबिराज गुरुङ (तमु)लगाएतको सहभागिता रहेको थियो ।

त्यस्तै पोले ३३ वडा अध्यक्ष पदका उमेद्वार चेतबहादुर महत, पोले ११ वडा अध्यक्ष पदका उमेद्वार सन्तोष बास्तोला, पोले २५ वडा अध्यक्ष पदका उमेद्वार बाबुराम अधिकारी, पोले–६ वडा अध्यक्ष पदका उमेद्वार सन्देश गिरीको नेतृत्वमा घरदैलो कार्यक्रम भैरहेको छ । कास्कीका गाउँपालिका तथा पोखरा लेखनाथ महानगरका सबै वडाहरुमा घरदैलो कार्यलाई तिव्र बनाएको निर्वाचन सम्पर्क कार्यालय कास्कीले जनाएको छ । संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल चुनावी पार्टी एकता गरि अधिराज्यभरि संयुक्त गठबन्धनबाट चुनावी अभियानमा लागेको हो ।

कमेन्टहरु
Loading...