संघीय समाजवादी फोरम कास्कीले गुरुङ, भट्टचन र नेपालीलाई उम्मेदवार सिफारिस

पोखरा, २७ असोज/प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा कास्कीका राजनीतिक पार्टीहरु उम्मेदवार छनौट प्रकृयामा जुटेको छ । यसै क्रममा संघीय समाजवादी फोरम कास्कीले प्रतिनीधि सभाको तीन वटा क्षेत्रमा उम्मेदवारहरु सर्वसम्मत सिफारिस गरेको छ ।

फोरम कास्कीको विहीवार सम्पन्न उम्मेदवार छनौट समिति तथा कास्कीमा रहनु भएका केन्द्रीय नेताहरुको बैठकले प्रतिनीधिसभा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं. १ बाट मनबहादुर तमु, क्षेत्र नं. २ बाट रत्ना भट्टचन र क्षेत्र नं. ३ बाट सभासद डिलबहादुर नेपालीलाई सर्वसम्मत उम्मेदवार छनौट गरी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ ।

विगतदेखि विभेदमा पारिदै आएको समुदाय आदिवासी जनजाति, अल्पसंख्यक, महिला र उत्पिडित शिल्पी समुदायको क्षमतावान नेताहरुलाई प्रतिनीधि सभाको उम्मेदवारमा सिफारिस गरिएको जिल्ला अध्यक्ष दीपक तामाङले जानकारी दिनुभयो । मनबहादुर तमु(आदिवासी जनजाति समुदाय), रत्ना भट्टचन(अल्पसंख्यक एवम महिला) र डिवी नेपाली (उत्पिडित शिल्पी समुदाय) रहनु भएको छ ।

तीनै जना उम्मेदवार स्नातकोत्तर हाँसिल गर्नुभएको छ । यसरी नै प्रतिनीधि सभाको समानुपातिक तर्फ गणेशमान गुरुङ, सुन्दर गुरुङ, कुमबहादुर तामाङ, ज्योति तामाङ, रामेश्वर पराजुली र तारा नेपालीलाई सिफारिस गरिएको केन्द्रीय सदस्य एवम कास्की इञ्चार्ज देविराज तमुले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...