कस्केरीमा सङ्घीय समाजवादीको चुनाव प्रसार समिति गठन

पोखरा, २४ असोज/पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान निर्माण गर्ने नाराका साथ दोश्रो संविधानको निर्वाचनको प्रचार प्रसारमा जुटेको संघीय समाजवादी पार्टीको कास्की क्षेत्र नं. २ का उमेदवार देविराज तमुलाई जिताउन पोखरा वडा नं १ मा दुईवटा चुनाव प्रचार प्रसार समिति गठन भएको छ । कस्केरीमा विहिवार भेलाले अमृत तामाङको अध्यक्षतामा संघीय समाजवादी कस्केरी चुनाव प्रसार प्रसार समिति गठन गरेको छ । समितिको सदस्यहरुमा दिपक गुरुङ, नरबहादुर पुन, बन्दना विक, माया तामाङ, जयराम पौडेल, लिलबहादुर पुन(पञ्चे), फिक्च तामाङ, सामु बस्नेत र मंगला तामाङ रहनुभएको छ ।
यसरी नै शान्ति समाजटोल कस्केरीमा डिलकुमारी गुरुङको अध्यक्षतामा बुद्धिबहादुर गुरुङ, आइत परियार, जितकुमारी गुरुङ र गणेशमान पुन युवा संयोजक रहेको संघीय समाजवादी चुनाव प्रचार प्रसार समिति गठन भएको छ ।

आयोजित कार्यक्रममा संघीय समाजवादी पार्टी कास्की क्षेत्र नं. २ का उमेदवार देविराज तमुले विगतदेखि विभेदमा पारिदै आएको जनताका अधिकार संविधानमा लेखाउन आफु कटिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...