संघीय समाजवादी कास्कीको अभियान

पोखरा, २० कात्तिक /संविधानसभाको निर्वाचन नजिकिदै गर्दा नयाँ राजनैतिक शक्ति निर्माणको अभियानमा जुटेको संघीय समाजवादी पार्टी कास्कीले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ । क्षेत्र नं. १ का उमेदवार मनबहादुर गुरुङलाई जिताउन लेखनाथको लामे आहालमा भेला सम्पन्न भएको छ । भेलाले दीपक तामाङको अध्यक्षतामा १५ सदस्यीय संघीय युवा संघ चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा ओमप्रसाद तामाङ, सचिवमा सुप्रीया लामा, कोषाध्यक्षमा सिमा घले र सदस्यहरुमा अमृता तामाङ, गीता तामाङ, सीता तामाङ, अमृत तामाङ, अमित तामाङ, राजेन्द्र तामाङ, गंगा घले, जमुना घले, सुमा लामा, धवा घले चयन हुनुभएको छ भने सल्लाहकारमा कृष्ण तामाङ रहनुभएको छ ।
सुन्दर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. १ का उमेदवार मनबहादुर गुरुङ, पार्टीका केन्द्रीय सदस्य कुमबहादुर तामाङ, पेशा तथा बुद्धिजीवि विभागका केन्द्रीय सदस्य हरिध्वज गुरुङ, स्थानिय विभागका केन्द्रीय सदस्य गोपालमान गुरुङ, जिल्ला सदस्य टेकबहादुर तामाङ, संघीय युवा संघका कास्की सचिव कृष्ण तामाङ लगायतले बोल्नु भएको थियो । यसैगरी माझठाना गाविसको वडा नं.९ मा धनबहादुर गुरुङको अध्यक्षतामा भेला सम्पन्न भएको छभने माझठानाको रैकर, लेखनाथको शिशुवा, सिमलपोखरी लगायतका क्षेत्रमा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

कास्की क्षेत्र नं. २ का उमेदवार देवीराज गुरुङलाई जिताउन आर्वा विजय गाविसमा सम्पन्न भेलाले धनकुमारी गुरुङको अध्यक्षतामा १५ सदस्यीय संघीय समाजवादी पार्टी र १ सय १ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । भेलामा क्षेत्र नं. २ का उमेदवार देवीराज गुरुङले विगतदेखि विभेद, अपमान सहेर बसेका जनसमुदायहरु अब आफ्नो अधिकारका लागि जुट्नुपर्दछ भन्नुहुदै सबैको समान अधिकार भएको संविधान लेखाउन र सम्बृद्ध नेपाल निर्माण गर्न आफ्नो पहिलो प्राथमिकता रहने भएकाले गोलाकार भित्रको छाता चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।

धनकुमारी गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा संघीय समाजवादी पार्टी क्षेत्र नं. २ का अध्यक्ष क्याप्टेन मदनप्रसाद गुरुङ, संघीय युवा संघ कास्कीका अध्यक्ष विष्णुकुमार गुरुङ लगायतले संविधानसभाको निर्वाचनमा एमाओवादी, काँग्रेस, एमाले लगायताका अक्षम दलहरुले विकासको नारा दिएर जनतालाई दिग्भ्रमित गर्न खोजिएको आरोप लगाउनुहुदै संविधानसभाको निर्वाचनको मर्म बुझ्न आग्रह गर्नुभएको थियो ।  यसरी नै बुधवार नै उमेदवार गुरुङसहितको टोलीले पोखरा १८ र १५ मा मतदाताको घरदैलो र भेटघाट गर्नुभएको छ ।

यसरी नै कास्की क्षेत्र नं. ३ का उमेदवार पानबहादुर घर्तीले बुधवार उद्योगी, व्यपारी, होटल व्यवसायीसँग अन्तरक्रिया गर्नुभएको छ । आयोजित भेलामा उमेदवार घर्तीले आम उद्योग, व्यवसायी, व्यपारीहरु लगायत उत्पिडित जनताको अधिकार सम्पन्न संविधान निर्माण गर्ने प्रतिवद्धता जनाउनुहुदै पोखरालाई अन्तराष्ट्रिय पर्यटन केन्द्रको रुपमा विकास गर्न पहल गर्ने बताउनुभयो । यसरीनै घर्तीले पोखराको वडा नं.७ का प्रगती टोल लगायतको क्षेत्रमा मतदाताको घरदैलो र भेटघाट गर्नुभएको छ ।  दोश्रो संविधानसभाको निर्वाचनमा संघीय समाजवादी पार्टीको कास्की क्षेत्र नं. ४ का उमेदवार गणेशमान गुरुङलाई जिताउन सराङकोट गाविसको वडा नं. ३ सुन्दरपोखरीमा आयोजित भेलाले सुर्यबहादुर विकको अध्यक्षतामा २१ सदस्यीय संघीय समाजवादी पार्टी एवं चुनाव प्रचार प्रसार समिति गठन भएको छ ।

भेलालाई सम्बोधनलाई सम्बोधन गर्नुहुदै क्षेत्र नं. ४ का प्रत्यक्ष उमेदवार गणेशमान गुरुङले मुलुकलाई संविधान दिन नसकेका र संक्रमणको अन्त्य भन्दा सत्ताको कुर्सीमै लुछाचुँडीमा रमाउने दल र तिनका नेताहरुबाट नत जनताले अधिकार पाउँछ नत नयाँ नेपाल नै बन्छ, त्यसैले जनताको अधिकार सम्पन्न संविधान निर्माण र समृद्ध नयाँ नेपाल निर्माणका लागि गोलाकारभित्रको छाता चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । समानुपातिक उमेदवार डिवी नेपालीले जनतालाई भोटलाई भर्याङ बनाएर, उनै जनतालाई विभेद र अधिकार विहिन बनाउने दलहरु र नेताहरुलाई चिन्न आवाश्यक छ भन्नुहुदै उत्पिडित जनताको मुक्तिका लागि गठित पार्टी संघीय समाजवादी पार्टीका उमेदवारहरुलाई गोलाकारभित्रको छाता चिन्हमा मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम सुर्यबहादुर विकको अध्यक्षतामा सम्पन्न भएको चुनाव प्रसार समितिका सदस्य लक्ष्मण परियारले जानकारी दिनुभयो ।
यसरी नै गणेशमान गुरुङलाई जिताउन दाङसिङ गाविसको वडा नं. ९ उल्लेरीमा आयोजित भेलाले पदमबहादुर पुन अध्यक्ष, खिमकुमारी पुन उपाध्यक्ष, धरम पुन सचिव र मीना पुन सहसचिव भएको ३५ सदस्यीय संघीय समाजवादी पार्टी चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।
गुनबहादुर पुनको अध्यक्षतामा सम्पन्न भेलामा प्रत्यक्ष उमेदवार गणेशमान गुरुङ, समानुपातिक उमेदवार ओमबहादुर गुरुङ, धरम पुन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...