संघीय समाजवादी कास्कीका उमेदवार जनताको साथ अभियानमा

पोखरा, ७ कात्तिक/पहिचान सहितको संंघीयता, संघीयता सहितको संविधान नाराका साथ दोश्रो संविधानसभाको निर्वाचनमा जुटेको संघीय समाजवादी पार्टी कास्कीका उमेदवारहरु जनताको साथ अभियानमा जुटेका छन् । अभियान अन्र्तगत कास्की क्षेत्र नं. १ का उमेदवार मनबहादुर गुरुङले विहिवार कालिका र माझठानाका मतदाताको घरदैलो भेटघाट र भेला सम्पन्न गर्नुभएको छ ।

भेलामा उमेदवार मनबहादुर गुरुङ, संघीय समाजवादी पार्टी कास्कीका अध्यक्ष दिपक तमाङ लगायतले जनताको मुक्ति र मुलुकको सम्वृद्धिका लागि गोलाकार भित्रको छाता चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । यसरीनै क्षेत्र नं. २ का उमेदवार देविराज गुरुङ सहितको टोलीले विहिवार पनि पोखराको मतदाताको घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै वडा नं. १२ र १३ मा जनताको साथ अभियानलाई सञ्चालन गरेको छ ।

अभियान अन्र्तगत मियाँपाटन, अन्नपुर्णटोल, सिंगापुरटोल, भृकृटीटोल, सिलतादेवी, चापापानी, पुरानोधारा लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गरेको छ । कार्यक्रममा उमेदवार गुरुङलाई स्थानीयवासी स्वागत गर्दै खादा र अविर लगाइदिएका थिए । यसैगरी क्षेत्र नं.३ का उमेदवार पानबहादुर घर्ती भुजेल पनि पोखरा १७ मा घरदैलो कार्यक्रम गर्नुभएको छ ।
क्षेत्र नं. ४ का उमेदवार गणेशमान गुरुङलाई जिताउन क्षेत्रीय समितिद्धारा खटिएको आठ टोलीले गाँउ भेला र घरदैलो कार्यक्रम गरेको छ । अभियान अन्र्तगत विहिवार कुईवाङ, ल्वाङ्ग, धिताल, पुरुञ्चौर, सार्दिखोला, सराङकोट, कास्कीकोट, दाङसिङ, लुम्ले लगायतका गाँउ र गाविसमा भेला तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

कमेन्टहरु
Loading...