संविधान संशोधन प्रस्ताव मन्त्रीपरिषदबाट पारित

काठमाडौं, मंसिर १४ ।मन्त्रीपरिषदले संविधान संशोधनको प्रस्ताव अनुमोदन गरेको छ । बालुवाटारमा मंगलबार साझ बसेको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको सविधान संशोधनको प्रस्ताव बैठकले अनुमोदन गरेको हो ।मन्त्रीपरिषद बैठकले नेपालको संविधान दोस्रो संशोधन विधेयक दर्ता गर्ने निर्णय गरेको हो । सरकारले प्रदेश नम्बर ५ का पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी साथै प्रदेश नम्बर ५ मा रहेको रुकुमको आधाभाग प्रदेश नम्बर ४ मा गाभ्ने, झापा, मोरङ्ग, सुनसरी, कैलाली र कञ्चनपुर लगायत समग्र सिमांकन बारे सुझाव दिन आयोग गठन गर्ने गरि संशोधनको प्रस्ताव तयार गरिएको भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले जानकारी दिए ।

संविधान संशोधनको प्रस्ताव अनुमोदन
संविधान संशोधनको प्रस्ताव अनुमोदन

प्रस्तावमा अंगीकृत नागरिकता सम्बन्धी अहिलेको प्रावधानमा भएको संघीय कानून बमोजिम हुने भन्ने ब्यवस्थालाई विवाहित महिलाको हकमा सम्बन्धित देशको नागरिकता त्यागेपछि नागरिकताको प्रक्रिया सुरु हुने उल्लेख छ ।त्यस्तै, राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जना प्रतिनिधित्व रहने ब्यवस्थालाई परिमार्जन गर्दै सात प्रदेशबाट तीनतीन जना प्रतिनिधित्व गराउने जसमा एकजना एक महिला एकजना दलित र एकजना अपांगता भएका ब्यक्ति गरि तीनजना सदस्य रहने ब्यवस्था गरिने उल्लेख छ । ५६ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जना भएपछि बाँकी रहने ३५ जना जनसंख्याका आधारमा प्रतिनिधित्व गराउने प्रस्ताव गरिएको मन्त्री लेखकले जानकारी दिए ।

यसरी प्रतिनिधित्व हुने ३५ जनामा पनि कम्तिमा १४ जना महिला हुनुपर्ने प्रस्ताव गरिएको छ । प्रदेश नम्बर ४ र ५ को सिमांकन हेरफेरका विषयमा मुख्य विपक्षी दल नेकपा एमाले, तथा प्रदेश नम्बर ५ को पहाडी क्षेत्रका कांग्रेस र माओवादीकै सांसदहरुले पनि विरोध गरिरहेका छन् । मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि प्रस्ताव मंगलबार नैसंसदमा दर्ता गर्ने तयारी छ ।प्रस्ताव केहीबेरमा संसदमा दर्ता हुने प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

कमेन्टहरु
Loading...