समृद्ध महानगर बनाउने पार्टी नै काँग्रेस—कुँवर

पोखरा, २४ बैशाख /‘समृद्ध पोखराको लागि नेपाली काँग्रेसका जित अत्यावश्यक छ ।’ आफनो घरदैलो अभियानमा नेपाली काँग्रेसका मेयरका उम्मेदवार रामजी कुँवरले लेखनाथबासीसँग आग्रह गर्दै भने—‘आम मानिसले परिकल्पना गरेको पोखरा—लेखनाथ महागरपालिका केवल काँग्रेसको जितले मात्रै बन्ने छ ।’

पोखरा लेखनाथ महानगरपालिका ३२ नम्बर वडामा घरदैलो अभियानमा जुटिरहेका उम्मेदवार कुँवरले काँग्रेसको जित विना समृद्ध महानगरपालिका कल्पना गर्न नसकिने स्पष्ट पारे । ‘नेपाली काँग्रेसलाई भोट दिनोस । समृद्ध महानगरपालिकाको परिकल्पनालाई साकार रुप लिन्छ ।’ उनले भने—‘भिजन र सहकार्य गर्ने क्षमता केवल काँग्रेससँग मात्रै छ । त्यसैले काँग्रेस विना समृद्ध महानगरपालिका देख्न सकिदैन् ।’ उनले कम्युनिष्टले केवल समस्या सृजना गरी बल्झाउने मात्रै उद्दत रहेको बताए ।

‘कम्युनिष्टले समस्या समाधान गर्न सक्दैन ।’ उनले भने—‘किन कि सहकार्य गर्ने क्षमता नै हुदैन् । जनतालाई सहकार्य र विकासको खाँचो छ । त्यसको लागि नेपाली काँग्रेस पार्टी नै एकमात्र विकल्प हो ।’ पोखरा—लेखनाथ मेरा दुई आखाँ हुन् । एउटा गास र अर्को बास हो । तर कम्युनिष्टले भ्रम पालेका छन् । उनी व्यक्तिगत उम्मेदवारी नभई सिंगो काँग्रेसको उम्मेदवार हुन् ।

घरदैलो अभियानको क्रममा उपमेयर उम्मेदवार सरस्वती गुरुङले बृद्धबृद्धालाई सम्मान, सानालाई माया गर्न पार्टी नै काँग्रेस भएको उल्लेख गर्दै काँग्रेसको अर्को विकल्प नभएको स्पष्ट पारिन् । मतदातामा छरिएको भ्रमलाई समेत चीर्नलाई पनि घरदैलो अभियानमा जुटिरहेको बताईन् ।

कमेन्टहरु
Loading...