७५ जिल्लाको समानुपातिकतर्फको मत गणना सकियो, सुनसरी र सर्लाहीको गणना जारी

काठमाडौं, १ पुस/प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फ ७५ जिल्लाको मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।शनिबार​​ आयोगले विज्ञप्ति निकालेर गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतितिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सुनसरी र सर्लाहीका केही निर्वाचन क्षेत्र​मा गणना जारी रहेको जानकारी दिएको छ ।

आयोगका अनुसार शनिबार​ साँझसम्म ९४ लाख ९८ हजार २ सय ७१ मत गणना सकिएको छ । प्राप्त परिणाम अनुसार नेकपा एमाले ३१ लाख ६० हजार ९ सय​ ४५ मत, नेपाली कांग्रेस ३१ लाख १० हजार २ सय​ २५ मत, माओवादी केन्द्र १२ लाख ९५ हजार ७ सय​ ११ मत, संघीय समाजवादी फोरम नेपालले ४ लाख ६८ हजार ३ सय​ ९९ मत र राष्ट्रिय जनता पार्टीले ४ लाख ६८ हजार ३ सय​ ४६ मत प्राप्त गरेका छन् ।यसैगरी, विवेकशील साझा पार्टीले २ लाख १२ हजार २ सय​ ९३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९६ हजार १ सय​ ८६, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ८८ हजार २ सय १२, नयाँ शक्ति पार्टी, नेपाल ८१ हजार ४ सय​ २६ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १ सय​ २३ मत प्राप्त गरेका छन् ।

नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायत दलहरुले ३ लाख ५४ हजार ४ सय​ ५ मत पाएका छन् ।यो नतिजालाई हेर्दा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका हुन् । ३ प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने कानुनी व्यवस्था छ ।

कमेन्टहरु
Loading...