नयाँ शक्ति पार्टी र फोरम पार्टी एकता गर्ने सहमति, २३ गते घोषणा

काठमाडौं, २१ वैशाख /पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच शनिबार एकता गर्ने सहमति भएको छ ।

शक्तिको पार्टी कार्यालय बबरमहल काठमाडौंमा बसेको दुई पार्टीको छलफलमा बैशाख २३ गते सोमबार एकता गर्ने सहमतिमा भट्टराई र यादवले हस्ताक्षर गरेका छन् ।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहमा समाजवादी पार्टी नेपालको घोषणा गर्ने कार्यक्रम तय गरेका छन् । लामो समयदेखि नयाँ शक्ति र फोरमबीच पार्टी एकता गर्ने छलफल चलेको थियो ।

अब बन्ने पार्टीमा भट्टराई र यादव दुवै अध्यक्ष हुनेछन् । संघीय परिषदको अध्यक्षता भट्टराईले गर्ने र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको हो । बरियतामा बाबुराम पहिलो र त्यसपछि उपेन्द्र रहनेछन् । संघीय संसदमा नयाँ शक्तिबाट १ जना र फोरमबाट १६ जना सांसद छन् ।

कमेन्टहरु
Loading...