गणतन्त्र दिवसमा शहिद/वेपत्ता कोषमा सांसद बरालको २० हजार सहयोग

पोखरा, १६ जेठ/देशमा गणतन्त्र ल्याउन हजारौँले वलिदान गरे । शहिदकै रगतको कारणले परिर्वतन सम्भव भए पनि गणतन्त्रका लागि योगदान दिनेहरु छायाँमा परेका छन् । शहिद परिवारको जीवन दिनानुदिन कष्टकर वन्दै गएको अवस्थामा प्रदेश सांसद रामजीप्रसाद बराल(जीवन)ले गणतन्त्र दिवस पारेर जनयुद्ध तथा जनआन्दोलनका शहिद, वेपत्ता तथा घाईतेहरुको कल्याणकारी कोष स्थापनाको लागि नगद २० हजार सहयोग गरेका छन् ।

सांसद वरालले बेपत्ता योद्धा परिवार समाज कास्कीका अध्यक्ष अणनाथ बराल, द्धन्दपीडित समाजका अध्यक्ष कृष्णप्रसाद पराजुली तथा शहिद परिवारका राधिका सिंखडालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । ‘देशमा परिर्वतन आयो तर परिर्वतन ल्याउन मुख्य भूमिका खेल्ने शहिद तथा वेपत्ताहरुको जीवनमा परिर्वतन आएन ।

उनीहरु झ्न झन् उपेक्षित भईरहेका छन् ’ सांसद वरालले भने‘ शहिदका छोराछोरी तथा उनीहरुका परिवारलाई अप्ठ्यारो परेको वेला मद्त गर्ने उदेश्यले कोष स्थापना गर्नु आवश्यक छ ।’ उनले सरकारले देशमा परिर्वतन ल्याउन मुख्य भूमिका खेल्ने शहिद तथा वेपत्ता परिवार तथा घाईतेहरुको जिविकोपार्जनका कार्यक्रमहरु ल्याउनु पर्ने खाँचो औल्याए ।

वेपत्ता योद्धा परिवार समाजका अध्यक्ष अणनाथ बरालले शहिद वेपत्ताको लागि कल्याणकारी कोष स्थापनाको थालनी भएको र यसलाई विस्तार गर्दै आगामि दिनहरुमा पीडित परिवारको लागि रचनात्मक तथा सहयोगी कार्यक्रम संचालन गर्ने भनाई राखे ।

कमेन्टहरु
Loading...