राप्रपा महानगरको उपाध्यक्षमा मनिष केसी मनोनित

पोखरा, १९ भदौ/ राष्ट्रिय प्रजातन्त्र पार्टीको पोखरा महानगर कार्यसमितिको उपाध्यक्षमा मनिष केसी नियुक्त भएका छन् । केसीको नियुक्ति सँगै राप्रपाको पोखरा महानगर कार्यसमितिले पुर्णता पाएको छ । मोतीमान शाक्यको अध्यक्षतामा रहेको कार्यसमितिले केसीलाई उपाध्यक्षको रुपमा नियुक्त गरेको हो ।

नियुक्ति सँगै आगामी दिनमा राप्रपाको राजनीतिमा आफूले सक्ने हरेक खालका योगदान दिन तयार भएको केसीले प्रतिक्रिया दिए । ‘राप्रपावृद्धहरुको मात्रै पार्टी हो भन्ने खालका कुराहरु आउँछन् । यद्यपि पछिल्लो क्रममा पार्टीले युवाहरुलाई पनिउल्लेख्य रुपमा नेतृत्व दायी भुमिका दिईरहेको अवस्थामा अब राप्रपाले पुनः नेपाली मुलधारको राजनीति माग लिने देखिएको छ । र, युवाहरुको सक्रियताले यो कुरा सम्भवपनि छ ।’ केसीले भने ।

राप्रपाका केन्द्रीय सदस्य जयलाल पुनले उपाध्यक्षमा मनोनित केसीलाई विशेष शुभकामना दिएका थिए । यस अगाडि राप्रपाको महानगर कार्यसमितिमा नुर मोहम्मदमियाँ उपाध्यक्ष थिए । विधानतः दुई जना उपाध्यक्ष हुनुपर्ने कार्यसमितिले केसीको नियुक्तिसँगै पुर्णतापाएको समितिका अध्यक्ष मोतीमान शाक्यले भने । ‘यो नियुक्तिसँगै अबमहानगर कार्यसमितिले पूर्णतापाएको छ । र, आगामीदिनमा राप्रपाको प्रभाव यस क्षेत्रमा बढाउन अबकादिनमाहामी केन्द्रितहुनेछौँ ।’अध्यक्षशाक्यले भने ।

राप्रपाको महानगर कार्यसमितिको अध्यक्षमा मोतीमान शाक्य, उपाध्यक्षमा नुर मोहम्मदमियाँ, मनिष केसी, सचिवमा रमेश त्रिपाठी, सहसचिवमाभीम नेपाली रहेका छन् । यस्तै महानगर कार्यसमितिको सदस्यहरुममा रत्नाखर आचार्य, प्रल्हादगिरी, प्रदिप बैद्य, मानबहादुर भण्डारी, मिना सुवेदी, दया सागर, भीम नेपाली, झलकजलारी, खड्क बहादुर, देऊबहादुर पौडेल, रमण बस्नेत, नुरप्रसाद गौतम, भरत ढुंगाना, मोहन केसी र मानबहादुर भण्डारी रहेका छन् ।

कमेन्टहरु
Loading...