राप्रपा कास्कीको चुनावी अभियान जारी

पोखरा, ३० कार्तिक/राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले दोस्रो चरण अन्तर्गत सम्पन्न हुन गइरहेको कास्कीका तीनवटै क्षेत्रबाट प्रदेश सभाको निर्वाचनको प्रचारप्रसार तिव्र पारेको छ ।

प्रचारप्रसार अन्तर्गत कास्कीको क्षेत्र नं. ३ को प्रदेश सभा (ख) अन्तर्गत जरेबर, नारेश्वर, डिहिकोपाटन, कोइरालामार्ग लगायतका क्षेत्रमा चुनावप्रचारप्रसार तथा घरदैलो कार्यक्रम सम्पन्न भएका छ । सोही अवसरमा क्षेत्र नं. ३ (ख) का प्रदेश सभाका प्रत्यक्ष तर्पmका उम्मेदवार धनुमाया कोइरालाले हिन्दु राष्ट्र बचाउनको लागि र महिलाको अस्तित्वलाई बचाई राख्न सधैं लडिरहने पार्टी राप्रपा भएको हुँदा सबै आम जनसमुदाय तथा पार्टीका कार्यकर्ताहरुले निर्धक्कसँग हाम्रो पार्टीलाई जिताउन आग्रह गर्नुभयो ।

त्यसैगरी क्षेत्र नं. १ अन्तर्गत गगनगौंडा, तालवेंशी, लामेआहाल लगायतका क्षेत्रमा घरदैलो तथा सभा सम्पन्न भएको छ । सभालाई सम्वोधन गर्दै क्षेत्र नं.१ प्रदेश (क) का उम्मेदवार देउबहादुर गुरुङ ध्रुवले राप्रपामा जनलहर बढेको बताउँदै हिन्दु राष्ट्र र राजसंस्थाको लागि आफ्नो उम्मेदवारी भएको बताउँदै आम सर्वसाधारण, पार्टीका कार्यकर्तालाई भोट हाल्न आग्रह गर्नुभयो ।

प्रचारप्रसार कार्यक्रममा विभिन्न क्षेत्र क्षेत्र अन्तर्गतका उम्मेदवार लगायत स्थानीय कार्यकर्ता तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । राप्रपा कास्कीले प्रदेश सभा अन्तर्गत क्षेत्र नं. १ (क) देउ बहादुर गुरुङ्ग ध्रुव, क्षेत्र नं. २ (क) विष्णु खड्का कार्की (ख) विष्णु बहाुदर खत्री, क्षेत्र नं. ३ (क) धनुमाया कोइराला र (ख) केदारनाथ पौडेल तथा समानुपातिक तर्फ प्रतिनिधिसभामा जयलाल पुन, डा.भिमसेन गुरुङ र प्रदेशसभामा रञ्जना सेन पौडेल, शिव प्रसाद चालिसे, सावित्री दर्जी र गिता गुरुङलाई उम्मेदवार छन् ।

कमेन्टहरु
Loading...