राष्ट्रियसभाको चुनाव माघ २५ गते गर्ने तयारी

काठमाडौं१८ पुस /सरकारले राष्ट्रियसभाको चुनाव माघ २५ गते गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवसँगको भेटमा सरकारले माघ २५ गते चुनाव गर्ने तयारी गरेको जानकारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा प्रमुख आयुक्त यादवले राष्ट्रियसभाको चुनावका लागि आउँदो माघ २५ गते उपयुक्त हुने परामर्श प्रधानमन्त्री देउवालाई दिएका छन । भेटका अवसरमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्श अनुसार नै आगामी मन्त्रिपरिषद्को बैठकबाट २०७४ माघ २५ गते बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा हुने जानकारी दिए ।

कमेन्टहरु
Loading...