भरतपुर १९ मा २००७ मत गनियो, रेणुले अग्रता छोट्याइन्

भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार ४ सय १७ मतले देवी ज्ञवाली अगाडि छन्। उनले ४१ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् भने रेणु दाहालको मत ४१ हजार २ सय ५२ मत पाएकी छन्।

हिजो भएको १९ नम्वर वडाको २ हजार ४ मत गणना गर्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दहालले मतान्तर घटाउँदै लगेकी छन् । उक्त वडामा शुक्रबार पुनः मतदान भएको थियो। पहिलो चरण निर्वाचनको मतगणनामा मतपत्र च्यातिएपछि निर्वाचन आयोग र अदालतले त्यहाँ पुन मतदान भएको हो।

शुक्रवार रातीबाट सुरू भएको मतगणनास्थलमा एउटा पार्टीबाट ९ जना प्रतिनिधि छन्। त्यस्तै चार समूहमा बाँडेर मतगणना भइरहेको छ। भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता मध्ये २ हजार ८ सय ७० मत खसेको छ।

कमेन्टहरु
Loading...