तमुल्होसार काँग्रेस उपसभापति पौडेल शुभकामना

काठमाडौँ, १४ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तमु ल्होसार २०७० को उपलक्ष्यमा देश विदेशमा रहनुभएका तमु समुदायका सम्पूर्ण दिदीबहिनी र दाजुभाईमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उपसभापति पौडेलले आज दिनुभएको शुभकामना सन्देशमा हिमाल, पहाड र तराई मधेसमा बस्ने नेपालीहरु विविध भाषा, संस्कृति, चाडपर्व र आफ्नै मौलिक विशिष्टताबीच हार्दिकता, सहिष्णुता, सामाजिक एकता र सदभाव बाँडेर नेपाल र नेपालीको भावनालाई मजबुत बनाएर बसिरहेको प्रसंग उल्लेख गर्दै गुरुङ जातिमाझ लोकप्रिय चाडको .रुपमा रहेको तमु ल्होसार लगायतका चाडपर्वहरुले सबैमा भातृत्व, मेलमिलाप . र हार्दिकताको सन्देश दिने उल्लेख गर्नुभएको छ ।

व्यापक जनसहभागिताबीच ऐतिहासीक रुपमा सम्पन्न संविधानसभा निर्वाचनको जनादेशले संविधानसभाबाट जनताले चाहेको लोकतान्त्रिक संविधान बनाउने र राजनीतिक संक्रमणकाललाई अन्त गरी देशलाई समृ.द्ध नयाँ नेपाल निर्माण गर्ने चुनौतिपूर्ण घडीमा मुलुक उभिएको बेला सबै जनता र दलहरुबीच संवाद, सहमति र सहकार्यको माध्यमबाट राष्ट. सामु आईपरेका समस्या समाधान गर्न यसप्रकारका चाडपर्वले प्रेरणा एवं उत्साह थप्ने उपसभापति पौडेलले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

कमेन्टहरु
Loading...