काँग्रेसमा खुलेरै घात भयो — नेता पौडेल

पोखरा, २५ असार/नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काग्रेसले पराजय व्यहोर्नुमा काग्रेसबाटै खुल्ला रुपमा घात भएको बताएका । पोखरा लेखनाथ महानगर पालिकामा काग्रेबाट विजयी जनप्रतिनिधिलाई सम्मान गर्दै उनले काग्रेसमा यस पछि अन्तरघात मात्रै हैन देखीने गरि खुल्लै रुपमा घात भएको बताए । उनले पार्टीमा घात गर्ने र पार्टी कमजोरको समीक्षा गरेर पार्टी अगाडी बढ्नु पर्ने बताए ।

उनले पार्टीभित्र अन्तरघात मात्र नभएर खुला घात गर्ने प्रवृत्ति बढ्नु तथा पार्टीका नेता कार्यकर्ताबीच नै प्रतिशोधको भावना बढ्दा त्यसले पार्टी सङ्गठनलाई कमजोर बनाउँदै जानु चिन्ताको विषय बनेको बताए ।
नेता पौडेलले काँग्रेसका तर्फबाट निर्वा्चित जनप्रतिनिधिलाई जनताका भावनालाई आत्मसात् गरी पक्षपातरहित रुपमा समस्याको समाधान गर्न र सामाजिक विकासमा क्रियाशील बन्न आग्रह गरे ।

नेता पौडेलले कांग्रेसको विकल्प कांग्रेसभित्रै खोज्ने कि जनतालाई बाहिर खोज्न पठाउने भन्ने कुरा निक्र्योल हुनुपर्ने बताए । ‘अब सचेत हुनुपर्छ । सभापति देखि पार्टीका सबै नेतालाई भनेको छु कि कांग्रेसको विकल्प कांग्रेस भित्रैबाट खोज्ने हो कि जनतालाई खोज्न बाहिर पठाउने हो ? त्यसको निधो हुनुपर्छ ।’ पौडेलले भने । उनले बिपक्षीले के कुरालाई लिएर हामी माथि आक्रमण गरे ? बिपक्षीको कुन एजेन्डाले कांग्रेसलाई कसरी पछाडी पा¥यो यो सबैको समिक्षा हुनुपर्छ । ’ नेता पौडेलले भने ।

कमेन्टहरु
Loading...