विप्लवलाई मुल प्रवाहमा ल्याउन प्रतिबन्ध – गृहमन्त्री थापा

सागर राज तिमिल्सिना
पोखरा, २४ चैत /गृहमन्त्री रामबहादुर थापाले विप्लव समुहलाई संविधान र कानुन अनुसार नै सविधान विपरीतका काम र गतिविधि माथी प्रतिबन्ध लगाएको बताएका छन् । आइतबार गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा सहभागि हुन् पोखरा आएका उनले गैह्कानुनी रुपमा विप्लव समुहले गरेका गतिविधि रोक्न प्रतिबन्ध लागएको बताए ।

उनले देशको शान्ति सुरक्षाका लागि संविधान विरोधी गतिविधिलाई समाधान गर्न नै सरकार लागि परेको बताए । उनले विप्लव समुह शान्ति सुरक्षाका र विकास निर्माणका लागि बाधक भएकाले उनीहरुलाई मुल प्रवाहमा ल्याउने प्रयत्न सरकारले गरी रहेको बताए ।

गहमन्त्री थापाले पृथकतावादीलाई वार्ताकै माध्यमबाट सरकारले मुलधारको राजनीतिमा ल्याएको बताए । उनले सरकारले एक वर्षमा देशमा शान्ति, सुरक्षा कायम राख्न, अपराधलाई नियन्त्रण गर्न सरकार सफल रहेको दावी गरे ।

उनले यस बर्ष मौसमले देशका विभिन्न ठाउँमा प्रभावको कारण तराईमा आएको आँधि, हुरिलाई प्रभावीतलाई व्यवस्थित गर्न सरकारले कार्यक्रमहरु बनाई सकेको बताए । उनले आगामी दिनमा हुने यस्ता प्रकारका घटनालाई बेलैमा प्रभावीतहरुलाई सम्बन्ध गर्न कार्ययोजना सरकारले बनाएको बताए ।

गोष्ठिमा गृहमन्त्री थापासँगै गृहसचिव प्रेमकुमार राई, शसस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका डिआइजी पुष्कर कार्की, गृह सुरक्षा सल्लाहकार इन्द्रजित राई, गृहमन्त्रालय सहसचिव रामकृष्ण सुवेदी, गृहमन्त्रालय सहसचिव इन्दु घिमिरे, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिरिक्षक बिन्दु काफ्ले लगायतका उच्च अधिकारीहरु छलफलमा सहभागि छन् ।

त्यसै गरि गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकाएका प्रमुखहरुको सहभागीता रहेको छ ।

कमेन्टहरु
Loading...