राजसंस्था र विप्लप समूह अटाउने गरी गोलमेच सम्मेलन गर्नु पर्दछ – नेता थापा

पोखरा, २३ जेठ /राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक मुलधारमा पूर्वराजा र विप्लव समूह अटाउने गरी गोलमेच सम्मेलनको माग गरेका छन् ।

पोखरामा मिडिया नेपाल कास्कीले आयोजना गरेका कार्यक्रममा थापाले देशमा स्थाइत्व, मुलुकको समृद्धी हासी गर्न राजस्था देखी विप्लव माओवादी अटाउने गरी नेपाली परिबेश अनुसारको सर्वपक्षीय गोलमेच सम्मेलन माग फेरी गरेका छन् ।

मुस्ताङको मुक्तिनाथदेखि सुरु गरिने राप्रपाको दोस्रो राष्ट्रिय स्वाभिमान यात्राको पूर्व सन्ध्यामा पोखरामा भएको कार्यक्रम उनले केही दिन अगाडी बुटबलमा राखेको गोलमेच सम्मेलनको माग गरेका दोहोराए । उनले नयाँ संविधान निर्माण सँगै शान्ति र राजनीतिक स्थीरता आउनु पर्ने भए पनि त्यस्तो हुन नसकेको भन्दै गोलमेच सम्मेलनको माग गरे ।

देशको पछिल्लो १२ बर्षे राजनीतिक अवस्था हेर्दा पनि स्थाई रुपमा राजनीतिक अवस्था अगाडि वढ्न सकेन् निशेधको राजनीतिक अगाडि वढिरहेको उनको भनाई छ । संविधान निर्माण पछिको दुई वर्षले पनि त्यस्तै देखायो, यो सबै कारण संविधान विरोधाभाषले गर्दा भएको उनको भनाई थियो ।

उनले सत्ता पक्ष र विपक्ष संस्थागत भ्रष्टाचारमा लागेर व्रह्मलुट मच्चाइनमा लागेको आरोप लगाए । राजनीतिक सहमतिामा अरबौ रुपैयाँको भ्रष्टाचार गरीरहेको उनको भनाई छ । उनले वाइडबडी खरिद, एनसेलको कर छली, सुन तस्करी, सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा नेकपा र नेपाली काँग्रेसका शीर्ष नेताको मिलेमतो रहेको उनको आरोप थियो ।

संचारकर्मीले ठूला–ठूला भ्रष्टाचारको मुद्दाहरु वाहिर ल्याउने गरेको भएपनि लोकतन्त्रको आवरणमा ठूला राजनीतिक दल, व्यापारी र प्रशासकको त्रिकोणत्मक गठबन्धन गरी हुने त्यस्तो भ्रष्टाचारको कारवाहीमा कुनै चासो नदिने गरेको उनको भनाई छ । उनले देशमा यतिवेला ६ वटा चुनौति गरिबी, भ्रष्टाचार, धर्म परिवर्तन,राष्ट्रिय विखण्डनको खतरा, सर्वसत्तावादको खतरा, शान्ति स्थापना रहेको बताए ।

सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७६/०७७ को बजेटका राम्रा भन्दा नराम्रा पक्ष वढी रहेको उनले टिपणी गरे । राप्रपा नेपालमा हिन्दुराष्ट्र , संवैधानिक राजतन्त्र र राष्ट्रियताको मुद्दा लिएर अगाडि वढेको तर पूर्व राजाका वरिपरी घुम्ने व्यक्तिले नै पार्टी फुटाउने गरको बताए ।

कमेन्टहरु
Loading...