राजीव गुरुङ (दीपक मनाङे) तेस्रो पटक पार्टीमा प्रबेश

पोखरा, १९ असार /गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

उनी यो भन्दा पहिले पनि नेकपा एमालेमा दुई पटक प्रबेश गरी सकेका थिए । उनी यस अगाडी नेकपा एमाले काठमाडौं जिल्ला कमिटि र मनाङको चामेमा भएको नेकपा एमालेको कार्यक्रममा पार्टी प्रबेश गरी सकेका थिए ।

बिहीबार पोखरामा भएको पार्टी प्रबेश कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङले टीका लगाएर नेकपाको विधान दिदै गुरुङलाई पार्टीमा स्वागत गरे ।

मनाङ ख बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् ।

अहिले सो मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई नयाँ कानुन अनुसार सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न दिएपछि बाटो खोेलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

उनले निर्वाचित भएको १६ महिनापछि २०७५ माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीबाट सांसदको सपथ खाएका थिए । हाल उनी प्रदेशको अर्थ तथा विकास समितिको सदस्य समेत हुन् ।

राजीवसँगै विप्लव समूहका कास्की सचिवालय सस्दय तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।

कमेन्टहरु
Loading...