‘करण’लाई तमु धीँ अध्यक्ष र शताब्दी पुरुषद्वारा शुभकामना

पोखरा, ३० कात्तिक/तमु धीँ नेपालकी अध्यक्ष कर्मा तमुले कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का बाम गठबन्धनका उम्मेद्वार राजकाजी गुरुङ ‘करण’लाई जितको शुभकामना दिएकी छन् । कास्की २ को प्रदेश क्षेत्र नम्बर २ अन्तर्गत दीपमा घरदैलो गर्ने क्रममा तमु धीँ अध्यक्ष गुरुङको घरमा पुगेका उम्मेद्वार ‘करण’लाई शुभकामना दिएकी हुन् ।

अध्यक्ष गुरुङले ‘करण’लाई आदिवासी जनजातिको साझा उम्मेद्वार भन्दै अगाडि थपिन्,‘तपाईं आदिवासी जनजाति तथा उत्पीडित समुदायको प्रतिनीधि हो र शान पनि, जितको शुभकामना छ, हामी पनि जिताउन लागि पर्छौं ।’ अध्यक्ष गुरुङले बाम गठबन्धन अहिलेको आवश्यक्ता भएको बताईन् । उनले भनिन्,‘हामीले पहिलेदेखी नै बाम एकता गर्नुपर्छ भन्दै आएका थियौं, बल्ल भएको छ, अब बाम गठबन्धनलाई जिताउन सबै लाग्नुपर्छ ।’

यसैबीच, ‘करण’लाई शताब्दी पुरुष क्याप्टेन भक्तसिंह पुनले पनि आशिर्वादसहित जितको शुभकामना दिएका छन् । मलायामा युद्ध लडेका भूतपूर्व व्रिटिस सेनाका पूर्व क्याप्टेन दीप निवासी १०१ वर्षिय पुनले टिभीमा देखेको र रेडियोमा आवाज सुनेको ‘करण’लाई भोट दिएर जिताउने प्रतिबद्धता समेत जनाए । सो अवसरमा उम्मेद्वार गुरुङले आफूले जितेपछि बृद्धबृद्धाहरुलाई सम्माजनक र सहज रुपले जिउने वातावरण निर्माणका लागि भूमिका खेल्दै गाउँ, टोल र बस्ती÷बस्तीमा विकासको लहर ल्याउने बताए । ‘करण’ले विहीबार दीप र अमरदीपमा संयौं नेता कार्यकर्ता लिएर दिनभर घरदैलो गरेका थिए ।

कमेन्टहरु
Loading...